पोखरा वडा १७ र २२ जोड्ने पक्की ढलान बाटोको शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरेका छन् ।
फुसेर्खोला कोरिडोर उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रममा मन्त्री बस्नेतले प्रदेश सरकारले एक निर्वाचन एक सडक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशका ३६ निर्वाचनमा ३६ वटा सडक बनाउने निर्णय वमोजिम फुसेर्खोला करिडोर सडक बनेको जानकारी दिए । उनले ३२ वटा बाटोहरु निर्माणको प्रक्रियामा गइसकेको र अब ४ वटा मात्रै बाँकी रहेको बताए ।
उनले ५ वर्षमा ३६ वटा निर्वाचन क्षेत्रमा बाटोको साथै एक घर एक धारा पुर्याउने लक्ष्य अनुसार नै प्रदेश सरकारले काम गरिरहेको बताए ।
मन्त्री बस्नेतले राम्रो काम गर्ने उपभोक्ता समितिलाई प्रदेश सरकारले सम्मान गर्ने बताउँदै अनिमियता गर्ने जो कोहीलाई कारबाही गरिने चेतावनी दिए ।
प्रदेश सांसद राजीव पहारीले ठेक्का प्रक्रियाबाट विकास निर्माणका काम सरकारले तोकेको मूल्यमा बोलकबोलबाट सस्तोमा काम गरेको जस्तो देखिए पनि उपभोक्ता समितिले गरेको काम तोकिएभन्दा बढी र गुणस्तरीय हुने भन्दै उपभोक्ता समितिलाई जिम्मा दिनुपर्ने बताए ।
पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, वडा २२ का अध्यक्ष २२ मित्रलाल बराल, नेकपाका गण्डकी प्रदेश सदस्य केशव पौडेलले उपभोक्ता समितिले तोकिएको समय मै गुणस्तरीय कार्य गरेको बताए ।
सो अवसरमा निर्माण समिति उपाध्यक्ष कोपिला पौडेल, कोषाध्यक्ष अस्मिता बराल, सदस्य लक्ष्मी पौडेल लगायत कार्य सहजकर्ता ३० जनालाई सम्मान गरिएको थियो ।
फुसेर्खोला कोरिडोर उपभोक्ता समिति पोखरा १७, २२ का अध्यक्ष डम्बरबहादुर थापा पौडेलले ४ सय मिटर ढलान बाटो, ८५ मिटर नाला र २२४ थान जाली प्रयोग भएको बाटो निर्माण सम्पन्न गर्न ७३ लाख ८८ हजार लागेको बताए ।
समिति अध्यक्ष डम्बरबहादुर थापा पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको पोखरा १७, सिमलटुँडा टोल विकास संस्थाका सचिव भक्तराज रसाइलीले संचालन र निर्माण अनुगमन समिति सदस्य तथा सिमलटुँडा टोल विकास संस्थाका अध्यक्ष गुप्तबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१