प्रकाश र शान्तिश्रीलाई छिन्नलता नव प्रतिभा पुरस्कार

आदर्श समाज सम्वाददाता
असार २९, २०७६
Prakash & Shanti Shree

पोखरा । लोकगित क्षेत्रका निकै लोकप्रिय जोडी प्रकाश सपुत र शान्तिश्री परियार ‘छिन्नलता नव प्रतिभा’ पुरस्कारद्वारा सम्मानीत भएका छन् ।

उक्त पुरस्कारबाट सम्मानीत भएपछि प्रकाश सपुत र शान्तिश्रीले सामूहिक तस्वीर खिचाउँदै स्टाटसहित सामाजिक सञ्जालमा फोटो पेष्ट गरेका छन् ।

गत बर्ष सार्बजनिक भएको निकै लोकप्रिय गीत बोल मायाका गायक तथा गायिकालाई २०७५ को छिन्नलता नव प्रतिभा पुरस्कार दिएको हो । पुरस्कार पाएपछि गायक प्रकाश सपुतले आफ्नो सामाजिक संजालमा खुसि व्यक्त गरेका छन् ।

‘छिन्नलता नव प्रतिभा’ अवार्डद्वारा पुरस्कृत भएपछि हालसम्म आफूले ग्रहण गरेका राष्ट्रियस्तरका पुरस्कारमध्ये सबैभन्दा ठूलो पुरस्कार पाएको प्रकाश सपुतले बताएका छन् । पुरस्कार पाएपछि उनले आफ्नी बाबा–आमालाई सम्झिएका छन् ।

अग्रज नारायण रायमाझीलाई धन्याबाद दिंदै र बोलामायाको संपूर्ण युनिटलाई धन्यबाद दिएका छन् । सपुतले बोलामायाको सफलताको श्रेय श्रोता–दर्शकलाई दिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width