पोखरा । कास्की जिल्ला गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बनेको छ ।
यो सँगै कास्कीले लगातार ११ औं पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ । कास्कीले १९ स्वर्णसहित उपाधिमाथि आफनो आधिपत्यलाई कायम राख्न सफल भएको हो ।
कास्कीले एथलेटिक्सतर्फ १२ स्वर्ण, ७ रजत र २ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको हो । नवलपुरले ५ स्वर्ण, बाग्लुङले ४ स्वर्ण, गोरखाले ३ स्वर्ण र म्याग्दीले २ स्वर्ण पदक जितेको छ । कास्कीले महिला भलिबलतर्फ पनि स्वर्ण जितेको थियो ।
कास्कीले उसुतर्फ दुई स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको थियो । कराँतेतर्फ दुई स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको थियो । तेक्वान्दो तर्फ एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको हो । कबड्डी तर्फको प्रतिस्पर्धामा पुरुष म्याग्दी र महिला तर्फ कास्कीले स्वर्ण पदक जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा प्रदेशका ११ जिल्लाकै खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गरेका थिए । पुरुष भलिबलमा स्याङ्जाले म्याग्दीलाई पराजित गर्दै स्वर्ण पदक जित्यो । महिलातर्फ भने कास्कीले स्वर्ण पदक जितेको थियो ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसुतर्फ विभिन्न इभेण्टमा खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता जिल्लाले नगद २० हजार, दोस्रो स्थानमा रहने विद्यालयलाई १५ हजार र तेस्रो हुने विद्यालयलाई नगद १० हजार रुपैयाँसहित ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिएको छ । खेलाडीहरुले ४८ स्वर्ण, ४८ रजत र ६० कास्यका लागि प्रतिस्पर्धा गरेका थिए ।
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट विभिन्न खेलबाट खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीहरुले राजधानी काठमाडौंमा असारको २९ गतेदेखि हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्ने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराले जनाएको छ ।
विजेता खेलाडीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक विकासमन्त्री नरदेवी पुन, राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव रमेशकुमार सिलवाल, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलगायतले शिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
पोखरामा नेपाल लोकतान्त्रिक खेलकुदको भलिबल
फेवातालमा पौडी प्रतियोगिता
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
राष्ट्रिय माविको दौडमा तेञ्जन र कविता प्रथम
hero news full width
मुख्य समाचार
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
जेठ २, २०८१