लमजुङमा राष्ट्रपति रनिङ शिल्ड शुरु

आदर्श समाज सम्वाददाता
असार २४, २०७६

लमजुङ । लमजुङमा राष्ट्रपति कपको जिल्लास्तरीय प्रतियोगिता शुरु भएको छ ।

लमजुङ कृषि क्याम्पस सुन्दरबजारको परिसरमा शुरु प्रतियोगिताको सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रले उदघाटन गरेका हुन् ।

छात्रछात्रा गरी कूल १३ ईभेन्टमा जारी प्रतियोगिताको ३ हजार मिटर दौडको नतिजा प्राप्त भएको छ । उक्त दौडको छात्रतर्फको खेलमा दुधपोखरी गाउँपालिकाको गौंडा माविका आदित्य थापामगरले ८ मिनेट ३ दशमलव ३ सेकेण्डमा दौड पूरा गरी स्वर्ण पदक जितेका छन् ।

सुन्दरबजार नगरपालिकाको आदर्श बाल माविका प्रकाश नेपालीले ८ मिनेट ११ दशमलव १३ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक जिते । भैरवकाली मावि मध्यनेपाल नगरपालिकाका दिलिप भण्डारीले ८ मिनेट १३ दशमलव ४९ सेकेण्डमा दौड पूरा गरी कास्य जितेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख पूर्णप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार ३ हजार मिटर दौडकै छात्रातर्फको खेलमा राइनास नगरपालिकाको वीरभक्ति माविका कुसुम परियारले १० मिनेट ५३ दशमलव ६ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण जितिन् । त्यस्तै, मध्यनेपाल नगरपालिकाको कुसुमाकर माविकी ममता खनालले ११ मिनेट २० दशमलव ३ सेकेण्डमा दौड पूरा गर्दै रजत पदक जितिन् दुधपोखारी गाउँपालिकाको गौडा माविकी राजकुमारी थापामगरले ११ मिनेट २४ दशमलव १६ सेकेण्डमा दौड पार गरी कास्य जितिन् ।

यसैगरी, छात्र र छात्रा भलिबल प्रतियोगिता चलिरहेको छ । जसमा छात्रको भलिवलमा मध्यनेपाल नगरपालिका, राइनास नगरपालिका र सोही नगरपालिकाको लुज टिम अघि बढेका छन् । छात्रा

भलिवलको सेमीफाइनलमा मध्यनेपाल फाइनलमा पुगेको छ । उसले बसीशहर नगरपालिकालाई हराएको हो । पहिलो सेटमा बेसीशहरले २५– १७ जितेको थियो । तर त्यसपछिका खेलमा मध्यनेपालले २६– २४ र २४–२२ मा जितेको थियो ।

Related News

सम्बन्धित समाचार

  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…

hero news full width