रामपुर नगरपालिकाको बजेट ७६ करोड

आदर्श समाज सम्वाददाता
असार २०, २०७६
Photo (7)

पाल्पा २० असार । जिल्लाको रामपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को लागि ७६ करोड १ लाख बराबरको बजेट पारित गर्दै रामपुर पाँचौं नगर सभा सम्पन्न गरेको छ । असार ११ गते देखि सुरु भएको नगरसभाले निरन्तरको छलफलपछि विहिबार बजेट सर्वसहमतिमा पारित गरेको हो ।

नगरपालिकाले जम्मा बजेटमध्ये संघिय सरकार समानीकरण अनुदानबाट १२ करोड १७ लाख रुपैयाँ, सशर्त अनुदानबाट २६ करोड ४६ लाख रुपैयाँ, राजस्व बाँडफाँडबाट ९ करोड २२ लाख रुपैयाँ, प्रदेश सरकार समानीकरण अनुदानबाट ४५ लाख २७ हजार रुपैयाँ तय गरेको छ । यस्तैगरी सशर्त अनुदान बाट ५ करोड १० लाख रुपैयाँ, राजश्व बाँडफाँड बाट १ करोड २४ लाख ९५ लाख रुपैयाँ, नगरपालिकाको आन्तरिक आम्दानी बाट ५ करोड, गत वर्षको मौज्दात ३ करोड ७५ लाख आउने अनुमान गरेको छ ।

यस्तै नगरपालिकाले मालपोत रजिष्ट्रेशन दस्तुर बाट १ करोड ६० लाख ७८ हजार रुपैयाँ, जनसहभागीता १ करोड ५० लाख रुपैयाँ, सडक बोर्ड बाट ५० लाख रुपैयाँ, सामाजिक सुरक्षा भत्ता ९ करोड रुपैयाँ आउने अनुमान गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी सञ्चार माध्यमलाई जानकारी दिए ।

यस्तैगरी गरी नगरपालिकाले खर्च तर्फ चालू खर्च ७ करोड २२ लाख रुपैयाँ, पूँजीगत खर्च ४ करोड ८२ लाख रुपैयाँ विनियोजन गरेको छ । नगरस्तरिय योजनाका लागि ७ करोड ३८ लाख २० हजार रुपैयाँ, नगर स्तरिय कार्यक्रमका लागि ७ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ । वडा नं. २ लाई ४२ लाख ५० हजार र अन्य वडालाई ४५ लाख ३० हजार रकम बाँडफाँड गर्ने अधिकार प्रदान गरेको छ । वडाका एक लाख भन्दा साना योजनालाई ‘जनताको अपेक्षा मेयरको शुभेच्छा’ कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिकाको शाखाहरूको लागि शिक्षा शाखाको लागि ७६ लाख ५० हजार, स्वास्थ्य शाखाको लागि २५ लाख ५० हजार, कृषि शाखाको लागि ६९ लाख ५० हजार, आयुर्वेद शाखाको लागि २ लाख, पशु विकास शाखाको लागि १० लाख, सूचना प्रविधि शाखाको लागि १ लाख ५० हजार गरी १ करोड ८५ लाख विनियोजन गरेको छ । महिला विकास कार्यक्रमको लागि ४० लाख ६५ हजार विनियोजन गरेको स्रोतले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

  • गुहेश्वरी मर्चेन्टको वित्तीय साक्षरता

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ललितपुर जिल्लाको ललितपुर मनपा १३ मा अवस्थित सामुदायिक विद्यालय महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा…
  • भरतपुरमा सुजुकी मोटर्सको शोरुम

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    चितवन । सुजुकी ब्रान्डको ४ पांग्रे सवारी साधनको चितवनका लागि आधिकारिक बिक्रेता साध्वी इन्टरनेसनल प्रालि उद्घाटन गरिएको छ । भरतपुर…
  • पोखरा आइडिया मार्ट सुरु, १९ समूह छनोट

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवं नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा पोखरा आइडिया मार्ट तथा बुट क्याम्प…
  • पोउवा संघमा इलामका व्यवसायी

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा र इलाम उद्योग वाणिज्य संघबीच व्यवसाय प्रवद्र्धन र उत्पादित वस्तुहरूको बजारीकरणका निम्ति सहकार्य गर्ने सहमति जुटेको छ…
  • नव सिद्धार्थ महिला सहकारीको रक्तदान

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा ८ बगालेटोलस्थित नव सिद्धार्थ महिला बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ६२ युनिट रगत संकलन…

hero news full width