पोखरा, ९ असार । ७० औं एसओएस बालग्राम स्थापना दिवस तथा एसओएस बालग्रामका संस्थापक पिता प्रा.डा. हरमन माईनरको १००औं जन्म जयन्तीको अवसरमा २३ जुन २०१९ का दिन एसओएस युवालय गण्डकी, तथा माईनर युथ क्लब रामवजार पोखराले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा ७० युनिट रगत संकलन भएको छ । एसओएस युवालय गण्डकीका निर्देशक प्रदीपभक्त आचार्यको सभापतित्वमा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशका सभापति सूर्यप्रसाद ढकाल थिए ।
उक्त कार्यक्रमको संयोजक एसओएस युवालय गण्डकीका सह–निर्देशक बाबुराम बराल रहेका थिए । एसओएस बालग्राम गण्डकीका योजना निर्देशक भगतकुमार श्रेष्ठ, पोखरा महानगर पालिका वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेल र रक्तसंचार केन्द्रका प्रमुख ध्रुवमणि लामिछानेले मन्तव्य व्यक्त गरेको थिए । उक्त कार्यक्रमको प्रमुख अतिथि तथा कार्यक्रमका सभापति प्रदीपभक्त आचार्य र वडा नं. १५ का अध्यक्ष प्रकाश पौडेलले संयुक्त रुपमा व्लड व्याग हस्तान्तरण गरेर शुभारम्भ गरेका थिए ।
एसओएस दिवसका अवसरमा सिद्धार्थ वैंक वुद्धचोक शाखाले संस्थागत सामाजिक दायित्व अन्र्तगत एसओएस युवालय गण्डकीका युवाको शैक्षिक सामाग्रीको लागि साठी हजार रुपैयाँ सहयोग उपलव्ध गराएको छ । एसओएस बालग्राम गण्डकीले सिद्धार्थ वैंक वुद्धचोक शाखालाई सम्मान गरेको थियो ।
Related News
सम्बन्धित समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
hero news full width
मुख्य समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१