लमजुङमा विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको आयोजना तथा नेपाली सेना र नेपाल प्रहरी, रेडक्रस तथा आरसिडिसीको संयोजनमा सो कार्यक्रम गरिएको हो।
वर्षायाममा बढी विपदका घट्ना हुने बाढी पहिलोको जोखिम बढ्ने हुँदा यस्तो अभ्यास गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए। उनका अनुसार विपद प्रतिकार्यका लागि तयार भएका स्वयम्सेवकहरूका लागि खोज तथा उद्दार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि कृत्रिम पूर्व अभ्यास गराइएको हो।
सो अभ्यासमा खटिएका स्वयम्सेवकहरू कसैले घाइते भएको, कोही डाक्टरको कोही स्वयम्सेवक भएको अभिनय गरेका थिए। ‘ऐया मरे ! … बचाउ बचाउ ! मत मरे ! बचाउ बचाउ !’ भन्दै कोही रोई कराई रहेका थिए। कोही घाइेतहरूलाई स्टेचरमा राखेर सुरक्षित स्थानतर्फ लग्दै थिए। सुरक्षा तयारीका साथ खटिएका नेपाली सेना तथा नेपाल प्रहरी र रेडक्रसमा स्वयमसेवकहरू घाइतेहरूलाई ओसार्न र प्राथमिक उपचार गर्न तछाड मछाड गरेका देखिन्थ्ये। झट्ट हेर्दा बेसीशहर नगरपालिका– ३ रानीकुवा र बेसीशहर नगरपालिका– ६ खरखरे भिरमा ठूलै विपद आइपरेजस्तो देखिन्थ्यो। तर, त्यहाँ वास्तविक कुनै विपद आइपरेको नभई पहल कार्यक्रमको आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत विपद प्रतिकार्य सम्बन्धी प्रयोगात्मक अभ्यास गराइएको दृश्य हो यो।
विपद व्यवस्थापन समितिलाई विपदका घटना जतिवेला जहाँ पनि हुन सक्ने भएकाले पूर्वतयारी स्वरुप कृत्रिम अभ्यास गराइएको लमजुङमा रहेको श्रीजङ गणका गणपति शिखर राणाले बताए। उनका अनुसार खोज तथा उद्दार, प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सम्बन्धी ज्ञान प्रदान गर्नका लागि पूर्व अभ्यासको आवश्यकता बोध गरी यो कार्य गरिएको हो।
बाढी पहिरो, आगजनी लगायतका प्रकोपको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सम्बन्धी स्थानीय विपद व्यवस्थापन समितिलाई अभ्यास गराइएको जिल्ला रेडक्रस शाखाका अध्यक्ष दिपक बरालले जानकारी दिए। उनका अनुसार विपदका समयमा मानवीय सहायता प्रदान गर्न र समुदाय स्तरमै प्राथमिक उपचार गरी जनधनको क्षति हुनबाट बचाउनका लागि यस प्रकारको अभ्यास निकै प्रभावकारी भएको छ।
जिल्लामा विपद व्यवस्थापनका लागि आफ्नो संस्थाले विभिन्न क्षेत्रबाट स्रोत जुटाउने कार्य गरी सहजीकरण गर्दै आएको आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहोराले बताए।
उक्त विपद् जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास कार्यक्रम जिल्ला विपद व्यवस्थापन समितिले नेपाली सेना, रेडक्रस, आरसीडिसी र सरोकारवाला नियकासँग समन्वय गरी उक्त अभ्यास गराएको प्रनाउ राजेन्द्रमान गुरुङले बताए। उनका अनुसार विपदमा घटना हुँदा अग्रपंक्तिमा काम गर्न जहिले पनि प्रहरी तयार नै छ तर यस्तो अभ्यासले काम गनेर्हरूमा थप निखार पन आउँछ, यस्ता अभ्यास बेलाबखत गरिरहनु पर्ने हुन्छ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१