प्रदेश नं. ५ सरकारले आगामी आर्थिक बर्षका लागि ३६ अर्ब ४१ करोड ६८ लाख रुपैयाँको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आइतबार सो बजेट ल्याएका हुन। कुल बजेट मध्ये चालु तर्फ १३ अर्ब ४५ करोड ५ लाख रुपैयाँ अथार्त ३६.९४ प्रतिशत र पुँजिगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख अथार्त ५१.०१ प्रतिशत बजेट विनियोजन गरिएको छ। वितीय हस्तान्तरण अन्तर्गत स्थानीय तहलाई उपलब्ध गराईने सशर्त अनुदान तर्फ १ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ, वित्तीय समानिकरण अनुदान तर्फ ५० करोड र विशेष अनुदान तर्फ १ अर्ब गरी कुल ४ अर्ब ३८ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन्।
खर्च व्यवस्थापनका लागि आन्तारिक राजश्वबाट ४ अर्ब ५९ करोड ४० लाख, राजश्व बाँडफँटबाट ९ अर्ब ९१ करोड २३ लाख, रोयल्टी बाँडफाँट बाट ३० करोड, वित्तीय समानिकरण अनुदानबाट ७ अर्ब ५४ करोड १ लाख, सशर्त अनुदानबाट ७ अर्ब ७७ करोड ४ लाख, चालु आर्थिक बर्षको बचत रकमबाट ५ अर्ब, समपुरक अनुदानबाट ८० करोड र विशेष अनुदानबाट ५० करोड प्राप्त हुने जनाइएको छ।
बजेटले कृषिलाई उच्च प्राथमिकतामा राखेको छ। कुल बजेटको ४ अरव ७ करोड रुपैयाँ कृषि क्षेत्रमा विनियोजना गरिएको छ।
कुल ४ अरब ७ करोड बजेटमा सरकारले किसानहरुलाई कृषि ऋणको व्याजमा अनुदान प्रदान गर्ने गरी नयाँ योजना ल्याएको छ। कृषि ब्याजमा अनुदान प्रदान गर्नको लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस्तै कृषिकर्मी रोजगार कार्यक्रमको लागि पनि सरकाराले १० करोड रुपैयाँ विनियोजन गरेको छ। शिक्षामा भने गतवर्ष भन्दा वजेट घटेको छ। शिक्षामा गतवर्षभन्दा २१ करोड रुपैयाँ कम बजेट विनियोजन भएको छ।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१