लगातार जित्दै न्यूजिल्यान्ड शीर्षमा

आइसीसी विश्वकप क्रिकेट

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
newzealand

आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्यूजिल्यान्ड शीर्षस्थानमा कायम छ।

तीन खेलमा ३ जित हात पार्दै न्यूजिल्याण्डले ६ अंक बटुलेको छ। उसको २ दशमलव १६३ को सुखद रनरेट रहेको छ।

न्यूजिल्यान्डले शनिबार भएको तेस्रो खेलमा अफ्गानिस्तानलाई ७ विकेटले पराजित गर्यो। जारी विश्वकपमा अफ्गानिस्तानको भने यो लगातार तेस्रो हार हो।

पहिले ब्याटिङ गरेको अफ्गानिस्तान ४१ दशमलव १ ओभरमा १७२ रनमै अलआउट भयो। अप्mगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले सबैभन्दा बढी ५९ रन जोडे। बलिङमा न्यूजिल्यान्डका जेम्स निशमले ५ विकेट लिए। लकी फग्र्युसनको नाममा ४ विकेट रह्यो।

१ सय ७३ रनको लक्ष्य न्यूजिल्यान्डले ३२ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। मार्टिन गुपटिल पहिलो बलमै अफ्ताब आलामको बलमा आउट भएका थिए। कोलिन मुनरोले २२ रन जोडे। रोश टेलर ४८ रनमा आउट भए। कप्तान केन विलियम्सनले नटआउट ७९ रन जोडे। उनले ९९ बलमा ९ चौका हिर्काए। टम लाथामले नटआउट १३ रन बटुले। बलिङमा अफ्गानिस्तानका अफ्ताबले ३ विकेट लिए।

Related News

सम्बन्धित समाचार

hero news full width