न्यू डायमण्डलाई भलिबल उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २६, २०७६
Didi Bahini VolleyBall_Fotor

न्यू डायमण्ड एकेडेमीले दोस्रो भोर्लेटार दिदीबहिनी भलिबल कप च्याम्पियन बनेको छ।

प्रतियोगिताको फाइनल खेलमा न्यू डायमण्डले पोखराको टप्स आवासीय माविलाई २५–१७, २५–१५ र २६–२४ को सोझो सेटले हराउँदै च्याम्पियन बनेको हो।

उपाधिसँगै न्यू डायमण्डले ५० हजार र उपविजेता टप्स माविले ३० हजार कप मेडल र प्रमाणपत्र हात पारेका छन्। विजयी खेलाडीहरूलाई जिल्ला समन्वय समिति सदस्य नौबहादुर दुरा र मध्यनेपाल नगरपालिका–६ का वडाध्यक्ष विष्णुभक्त पौडेलले पुरस्कार वितरण गरे ।

न्यू डाइमण्डकी प्रतिमा माली प्रतियोगिताको वेष्ट प्लेयर बनिन्। टप्स आवासीय माविका ममता डगौरा वेष्ट सेटर, आयोजक क्लबकी स्मृति दुरा वेष्ट सर्वर, टप्सकी ऋषिसरा वेष्ट लिफ्टर र न्यू डायमण्डकी अञ्जली प्रधान वेष्ट डिफेन्डर बनिन्।

लमजुङको मध्यनेपाल नगरपालिका–६, स्थित दिदीबहिनी क्लब भोर्लेटारले प्रतियोगिताको आयोजना गरेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width