ताइपेसँगको मैत्रीपूर्ण फुटबलमा नेपालले बराबरी खेल्यो

आदर्श समाज सम्वाददाता
जेठ २४, २०७६
Nepali FootBall Team Vs TPT_Fotor

अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले फिफा वरियतामा आफूभन्दा ३६ औं स्थान माथिको चाइनीज ताइपेसँग बराबरी खेलेको छ। विहीवार भएको खेलमा नेपालले चाइनीज ताइपेसँग १–१ गोलको बराबरी खेल्यो।

फिफा वरीयतामा १२५ औं स्थानमा रहेको चाइनिज ताइपेविरुद्ध नेपालले शुरुवाती गोलको अग्रता उल्टाएर बराबरी खेलेको हो। १६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १–० ले पछि परेपनि दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो।

खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए। सन्तोष तामाङको फ्रिकिकमा अनमार्क रहेका अभिषेकले गोल गरेका हुन्। राष्ट्रिय टोलीका लागि यो उनको पहिलो गोल हो।

पहिलो पटक नेपाली टोलीमा परेका अभिषेकले दोस्रो खेलमै गोल गरेका हुन्। अभिषेकले यसै साता मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलबाट डेब्यु गरेका थिए। उक्त खेलमा नेपाल २–० ले हारेको थियो।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाइनीज ताइपेसँग मैत्रीपूर्ण खेल खेलेको हो। मुख्य प्रशिक्षक योहान कालिन आएपछि नेपालले चौथो खेलपछि गोल गरेको हो। यस अगाडिका ३ खेलमा नेपालले गोल गर्न सकेको थिएन।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै