विश्वको सवोर्च्च शिखरमा पाइला टेक्न सफल पोखरा निवासी गोपाल श्रेष्ठलाई पोखरा महानगरपालिकाले विहीवार सम्मान गरेको छ। एचआईभी संक्रमित भइकन पनि ५६ वर्षीय श्रेष्ठले हालै सगरमाथाको सफल आरोहण गर्न सफल भएका हुन्।
महानगर प्रमुख मानबहादुर जिसीले श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै सफल आरोहण गरेकोमा बधाई दिए।
साहसका साथ धैर्य भएर लागिपरेमा लक्ष्यमा पुग्ने सकिने सन्देश श्रेष्ठले दिएको जिसीले बताए। ‘श्रेष्ठजी प्रेरणाको स्रोत हुनु भएको छ,’ जिसीले भने, ‘कुनै रोग लाग्यो भन्दैमा हीनताबोध गर्नु हुन्न भन्ने सन्देश उहाँले गरेको सगरमाथा आरोहणले दिएको छ।’ रोग लाग्दैमा कोही व्यक्ति पनि असक्ष वा कमजोर नहुने श्रेष्ठले प्रमाणित गरेको भनाइ जिसीको छ। श्रेष्ठले शिखरमा गत जेठ ८मा महानगरको लोगो समेत फर्फराएका थिए।
आरोही श्रेष्ठले पोखरेलीले गरेको मायाले नै आफूले सगरमाथाको सफल आरोहण गर्न सकेको बताए। ‘एचआइभी संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउन जरुरी छ’, श्रेष्ठले भने, ‘हामी पनि सवल छौं भन्ने सन्देश दिन सगरमाथा चढेको हुँ, मलाई सहयोग गर्ने सबैप्रति आभारी छु।’ अनेक चुनौतीको सामना गर्दै सगरमाथाको चुचुरोमा पुगेको बताए। उनले आरोहण जाँदा आफूसँगै गएका सहयात्रीलाई गुमाउनु पर्दाको पीडा सुनाउँदा निकै भावुक भएका थिए भने कार्यक्रममा उपस्थितहरुको पनि आँखा रसाएका थिए।
महानगरपालि प्रवक्ता धनबहादुर नेपालीले गोपाल पोखराको शान र गौरव भएको बताए। उनले गोपालको नाम वल्र्ड रेकर्डमा दर्ज हुने बताए।
महानगर प्रमुख जिसीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१