विद्यार्थीद्वारा सरसफाइ

आदर्श समाज सम्वाददाता
जेठ २३, २०७६
cleaning_Fotor

विश्व वातावरण दिवस अवसरमा पोखरा कलेज अफ म्यानेज्मेन्टको विद्यार्थी क्लबले सरसफाइ तथा वृक्षरोपण गरेको छ।

क्लबले क्याम्पस परिसर र पोखरा ३, नदीपुरचोकदेखि पालिखेचोकसम्म सरसफाइ गर्यो भने कलेज परिसरमा विभिन्न फूल तथा वनस्पति रोपेको हो।

कार्यक्रममा क्लब सदस्य, विद्यार्थी, कर्मचारीको सहभागिता थियो। कार्यक्रमको शुरुआत तथा समापनमा कलेजका प्राचार्य डा चैतन्यराज अधिकारी एवं क्लब अध्यक्ष विशाल गुरुङले समेत सरसफाइ र वातावरणसम्बन्धी विचार व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width