कास्की प्रहरीले आफ्नो १३ महिने कार्यप्रगति सार्वजनिक गरेको छ। प्रहरी उपरीक्षक ओमबहादुर राना कास्की प्रहरी प्रमुखको पदमा रहेको समयावधि गत वर्ष वैशाख ३० देखि हालसम्मको कार्यप्रगति विहीवार सार्वजनिक गरिएको हो।
सो समयावधिमा विभिन्न घटनामा संलग्न १ हजार ७ सय ५२ जना पुरुष र १ सय ३८ जना महिला पक्राउ गरी १ हजार ९८ मुद्दा कास्की अदालतमा दर्ता गरिएको जनाइएको छ। तीमध्ये सबैभन्दा बढी सार्वजनिक मुद्दाका ४ सय ४६ जना छन्।
सार्वजनिक अपराधमा १ सय ४६, लागुऔषध २ सय ६३, जबरजस्ती करणी उद्योग २९, जबरजस्ती करणी ६१, ठगी २४, कत्र्तब्य ज्यान २६, चोरी ८६, जुवा २ सय ७३, बहुविवाह ४४, ज्यानमार्ने उद्योग ३०, हतहतियार खरखजना ९, आगो लगाएर १, कुटपिटबाट अपाङ्गता २, सवारी ज्यान २५, अपहरण ८, कालोबजारी ३ पक्राउ परेका छन्।
त्यसैगरी बालविवाह ३, किर्ते ४, सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकताविरुद्ध कसूर ४ सय ४३, सार्वजनिक शान्तिविरुद्ध अपराध ३२, सार्वजनिक अधिकारी अवज्ञासम्बन्धी कसूर २४, बालयौन दुराचार १०, डाँका चोरी ३, चोरी उद्योग १, यौन दुव्र्यहार ३, नकबजनी चोरी १, अप्राकृतिक मैथुन २, अङ्गभङ्ग १, बैंकिङ कसूर मुद्दामा ६ जना पक्राउ परेका छन्।
त्यस्तै, यातना तथा अपमानजनक व्यवहार १, सहकारीको रकम हिनामिना १, अपराधिक उपद्रो १०, खोटा मुद्रा १, मानव बेचबिखन २, ज्यानसम्बन्धी आत्महत्या गर्न दुरुत्साहन ४, राज्यविरुद्धको अपराध ८ जना पक्राउ परेका हुन्।
प्रहरीले उक्त अवधिमा लागु औषध बु्रफिन ४ हजार ६ सय ७४ थान, डाईजापाम ४ हजार ७ सय ५७ थान, फेनरागन ४ हजार ६ सय ७२ थान, गाजा २९ केजी १ सय ३७ ग्राम र नाईटोसन ३ हजार ९ सय ८५ चक्की, चरेश ८ केजी २ सय ४७ ग्राम र ब्राउनसुगर १५ ग्राम र फेन्सीडिल २४ सिसी बरामद गरेको छ।
साथै, जुवातासबाट ४३ लाख ३० हजार ३७ रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ।
हातहतियार खरखजनाअन्तर्गत १२ बोरराइफल थान २, गोली ६ राउण्ड, भरुवा बन्दूक ५ थान, छरा १ सय ९० ग्राम, बारुद २२ रराइफल १ थान बरामद गरेको छ।
सो अवधिमा गुण्डागर्दी नियन्त्रण, फरार अपराधी पक्राउ, लागु औषध निस्तेज अभियान, ट्राफिक कारबाही तथा राजस्व, जुवातास कारबाही, यौन व्यवसायमा संलग्न पक्राउ, चोरी लुटपाटमा संलग्न प्राकृतिक श्रोतको दोहन, चोरीका मोटरसाइकल फेला पार्ने साइवर अपराध कार्यालयमा गरिएका उत्कृष्ट सृजनशील कार्यको प्रगति समेत जानकारी दिइएको छ।
सो अवधिमा घरेलु हिंसाका ३ सय ८८ उजुरी परेकोमा २ सय ८ मिलापत्र भएका छन् भने ५० वटा उजुरी अदालत गएका छन् ।
घरेलु हिंसाका ८० उजुरीबारे मिलापत्र गर्ने काम गइरहेको तथ्याङ्क कास्की प्रहरीले दिएको छ। प्रहरीले यसैबीचमा ३ महिला, ४ बालक र १० बालिकाको उद्धार गरेको जनाएको छ।
एसपी रानाको सरुवापछि कास्की प्रहरी प्रमुखमा शुक्रवारदेखि दानबहादुर कार्कीले पदभार ग्रहण गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
hero news full width
मुख्य समाचार
पोखरा देशभरकै प्रदूषित सहर
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१