महिलासँग उपमेयर कार्यक्रम

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
help progrem photo hemja_Fotor

व्यवसायिक तरकारी खेतीका लागि रकम लिएका हेमजाका महिला साथका कार्यक्रमका अतिथि। तस्वीर : श्रीभद्र पौडेल/आदर्श समाज

हेमजामा महिलासँग उपमेयर कार्यक्रमअन्तर्गत विहीवार रकम हस्तान्तरण गरिएको छ।

आगामी दिनमा व्यावसायिक रुपमा प्लास्टिक घर निर्माण गरी तरकारी खेती गर्ने वडाका ८ जना महिला छनोट गरी ३ प्रतिशत व्याजदरमा रकम वितरण गरिएको हो। रकम प्राप्त गर्नेमा भीममाया त्रिपाठीले ४० हजार, शान्ता केसी, नारायणी कार्की, शीलशोभा नेपाली, शारदा पौडेल, देवु दाहाल, सविता पौडेल र गंगा अधिकारीले जनही ३० हजारका दरले रकम पाए।

पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले मागमा आधारित कृषि उत्पादन गर्न महिलाहरुलाई सुझाव दिए। उनले नेपालमा कृषि पेशालाई सम्मानित बनाउनुपर्नेमा जोड पनि दिएका थिए। सो अवसरमा वडा सदस्य लक्ष्मी अधिकारीले पनि भनाइ राखेकी थिइन्।

महिला सञ्जाल हेमजा अध्यक्ष रमा त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्जालन सहसचिव सीता कार्कीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै