फेवाताल किनारमा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७६
1_Fotor

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको आयोजनामा बुधबार सरसफाइ तथा वृक्षरोपण गरिएको छ।

पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा फेवाताल किनारमा बोटल पाम जातका २२ वटा बिरुवा रोपिएको कार्यक्रम संयोजक ठाकुर बरालले बताए।

ती बिरुवा डिभिजन वन कार्यालय कास्कीले उपलब्ध गराएको सामुदायिक बैदाम अध्यक्ष मीना भट्टराईले जानकारी दिइन्।

कार्यक्रममा वडाध्यक्ष पहारीले वृक्षरोपणले वातावरण संरक्षणमा टेवा मिल्ने विश्वास व्यक्त गरे।

केन्द्र अध्यक्ष मीना भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव दीपेन्द्र पहारीले गरेका थिए।

कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक विजय भण्डारी, केन्द्रका संस्थापक अध्यक्ष मंगलबहादुर नेपाली, केन्द्रका पदाधिकारी, विभिन्न आमा समूहका पदाधिकारी लगायतको उपस्थिति थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै