शिवालय माविमा चित्रकला प्रशिक्षण

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७६
drawing

पोखरा, १५ जेठ । कास्की रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा दुई दिने चित्रकला सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ ।

राइट फर चिल्ड्रेन नामक संस्थाद्वारा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई युवा कलाकार रवीन परियारले प्रशिक्षण दिएका हुन् । आयल पेस्टल कलरको प्रयोग गरी विद्यार्थीलाई विभिन्न सिनेरीसम्बन्धी कला सिकाइएको थियो । छनोट भएका १६ जना विद्यार्थीलाई सो प्रशिक्षणमा सहभागी गराइएको थियो ।

सो अवसरमा राइट फर चिल्ड्रेनकी फोकल पर्सन केशु भुजेलले बाल अधिकार सम्बन्धी अभिमुखीकरण गरेकी थिइन् । विद्यालयले नियमित रुपमा चित्रकला कक्षा सञ्चालन गर्ने विद्यालयका प्राचार्य रुपिन्द्र प्रभावीले जानकारी दिए ।

प्रशिक्षणमा विद्यालयका चित्रकला फोकल पर्सन ऋषिराम ओझा राइट फर चिल्ड्रेनको सहयोगमा विद्यालयमा बालबालिकासँग सम्बन्धित विभिन्न तालिम, नाटकलगायतका कार्यक्रम गरिने उनले जनाए । यसअघि विद्यालयमा क्रियाशील शिवालय बाल क्लबले नियमित रुपमा भित्ते पत्रिका प्रकाशन गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width