विरेठाँटी मा.वि को ४४आंै वार्षिक उत्सव

आदर्श समाज सम्वाददाता
जेठ १४, २०७६
school (1)

जेष्ठ १४,पोखरा।विरेठाँटी माविको ४४ औं वार्षिक उत्सव एवं अभिभावक दिवस र पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिकाण्û८ मा रहेको विरेठाँटी माविमा एक साता अगाडीबाट सन्चालन भएको वार्षिक उत्सव अन्तरगत विद्यालय स्तरीय विभिन्न खेलकुद तथा अतिरिक्त कृयाकलापको पुरस्कार वितरण तथा चन्दादातालाई सम्मान गरी सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन १०१ वर्षीय क्याप्टेन कुलबहादुर गुरुङले गरेका हुन् । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने चन्दा दाताहरुलाई सम्मान गरीएको थियो । चिनबहादुर प्यारी प्रतिष्ठानले विद्यालको नाममा ५ लाखको अक्षयकोष स्थापना गरीदएको छ,भने स्व. चिन बहादुर कोने छोरा तथा प्रतिष्ठानका हालका अध्यक्ष पूर्ण कोनेले कक्षा एघारमा नयाँ भर्ना हुने विद्यार्थी सम्पूर्णको भर्ना शुल्क तिरिदिने भएका छन्

नगद पचास हजार रुपैयाँ विद्याललाई आर्थिक सहयोग गर्ने वडा नं ८ का वडाध्यक्ष विजय गुरुङ तथा विद्यालयलाई आर्थिक तथा भौतिक सहायेग गर्नुहुने चन्ददाताहरु कृष्ण गौचन,स्वरुप कोने गुरुङ,रामकाजी कोने गुरुङ,रामकुमारी शेरचन र हेमन गुरुङलाई सम्मान गरिउको थियो । साथै विभिन्न प्रतियोगितामा तथा क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार तथा अध्ययनमा उत्कृक्ष् हुने विद्यार्थीलाई पुरस्कृत गरिउको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होसियार सिं गुरुङको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै