बागलुङ, १२ जेठ । जापान समाज बिहुँकोट, बागलुङले काठेखोला गाउँपालिका–५ र ६ मा रहेका १२ विद्यालयका आधारभूत तहमा अध्ययनरत ६०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
झोला, कपी, कलमसहित प्राथमिक उपचारमा प्रयोग हुने औषधिसमेत प्रदान गरिएको समाजले जनाएको छ । रु चार लाख ५० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको समाजका अध्यक्ष गौरीशङ्कर सुवेदीले बताए ।
अमर माविसहित, नवयुवक, करलिम, ग्राम विकास, खोलातिर, भीमसेन, बालविकास, प्रजातन्त्र, श्रीरामलगायतका १२ आधारभूत विद्यालयका विद्यार्थीले शैक्षिक सामग्री पाएका हुन ।
जापानमा क्रियाशील संस्था बिहुँकोट समाज जापानले स्थापना गरेको परोपकार अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । समाजले गाउँमा सेवामूलक कार्य गर्नका लागि केही वर्षअघि रु एक करोडको अक्षयकोष स्थापना गरेको थियो ।
धार्मिक, सामाजिक र शैक्षिक क्षेत्रको उत्थानमा अक्षयकोषको रकम खर्च हुँदै आएको छ । अक्षकोषबाट दुःख, विपत्का बेला राहत सहयोगसमेत प्रदान गर्ने गरिएको छ । “गाउँको शैक्षिक, सामाजिक विकासमा जापानमा बस्ने बिहुँकोटवासीको महत्वपूर्ण योगदान छ”, अध्यक्ष सुवेदीले भने ।
शैक्षिक सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर थापाले प्रवासी नेपालीको सामाजिक उत्तरदायित्व र सेवाभावको प्रशंसा गरे । बिहुँकोट समाज जापानले गर्ने सहयोग आदानप्रदान र समन्वयका लागि जापान समाज बिहुँकोट क्रियाशील रहँदै आएको छ ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१