वडा नम्बर १५ को स्कुल ड्रेस वितरण

आदर्श समाज सम्वाददाता
जेठ ७, २०७६
pi

पोखरा, ७ जेठ । पोखरा महानगरपालिका वडा नम्बर १५ले सिद्ध मावि फलेपाटनमा ४८ सेट स्कुल ड्र«ेस वितरण गरेको छ ।
विद्यार्थी भर्ना अभियान अन्र्तगत वडा कार्यालयले नयाँ भर्ना विद्याथीलाई एक÷एक सेट ड्रेस वितरण गरिएको हो । यसैवीच सेन्टमेरिज स्कुलले पनि ५२ सेट डेस र स्टेशनरी वितरण गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले विपन्न वर्गका विद्यार्थीलाई लक्षित गरि गरिएको सो सहयोगले अभिभावकहरुमा केही हदसम्म भए पनि राहत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्षता गरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले विद्यार्थीमा खुसी प्रदान गर्न सो काम गरिएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गुरुदत्त कोइरालाले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width