गरीब बिद्यार्थीलाई जुत्ता वितरण

एजेन्सी
वैशाख ३१, २०७६
machhapuchre

पोखरा, ३१ वैशाख । एसियन ट्रेडर्स लामाचौरले माछापुच्छ«े गाउँपालिका–२ खादरजुन स्थित बाराही आधारभूत बिद्यालयका ५३ जना गरीब तथा जेहेन्दार बिद्यार्थीलाई जुत्ता–मोजा वितरण गरेको छ ।

एसियन ट्रेडर्सका संचालकद्वय लीलबहादुर क्षत्री, र देवि क्षत्रीले बिगतका वर्षमा जस्तै यस बर्ष पनि वितरण गर्न पाउदा खुसी महशुस भएको बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छे« गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले सामुदायिक बिद्यालय प्रति देखाएको सो सहयोगको लागि क्षत्री द्वयलाई धन्यबाद प्रकट गरे ।

बिद्यालयका प्राचार्य रामप्रसाद आचार्यले आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीको लागि सहयोगयी मनहरु आवश्यक भएको बताए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं वडा सदस्य मिमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षिका सीता ढुंगानाले गरेकी थिइन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै