डायमण्डमा क्याप्टेन र भाइस क्याप्टेन चयन

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७६
DIAMOND2 (1)

लेखनाथ, ३१ बैशाख । विद्यार्थीलाई निर्वाचन कसरी भोटिङ्ग गर्ने उत्सुक्ता हुने गर्दछ, त्यसलाई व्यवहारमा उतार्दै भोटिङ्ग प्रक्रियाबाट पोखरा–२७ को लेखनाथ स्थित डायमण्ड माविले भोटिङ प्रक्रियाबाट विद्यालय क्याप्टेन र सहायक क्याप्टेन चयन गरेका छन् ।

विद्यालयमा कक्षा ६–१० सम्म अध्ययन गर्ने विद्यार्थी मध्येबाट भोटिङ्ग प्रक्रिया गरी क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको हो । चार जना क्याप्टेन र चार जना भाइस क्याप्टेन विच भएको प्रतिसपर्धामा कक्षा १० अध्यय्न गर्ने सैरव सुवेदी ३०५ मत प्राप्त गरी विजय भएका छन् । त्यस्तै भाइस क्याप्टेन कक्षा १० मा अध्ययन गर्ने स्नेहा क्षेष्ठ १२३ मत ल्याएर विजयी भएकी छन् ।

चुनावको बारेमा विद्यार्थीलाई ज्ञान होस भन्ने उद्देश्यका साथ भोटिङ प्रक्रया गरिएको मतदान अधिकृत सुरक्षा अधिकारीको भनाई छ । यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई मात्र नभएर अभिभावकलाई समेत चनाव, प्रजातान्त्रिक मुल्य मान्यता, र मताधिकारको महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको विद्यालयका प्राचार्य एमबहादुर रोकाले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width