भलिवलमा भकुण्डे युथ क्लब प्रथम

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७६
PHOOT NWWS

पोखरा, ३० वैशाख । सराङ्कोट, भकुण्डेस्थित शान्ता भलिबल ट्रेनिङ्ग सेन्टरले तेस्रो भलिबल टुर्नामेन्ट गरी आफ्नो पहिलो वार्षिकोत्वस सम्पन्न गरेको छ ।

ट्रेनिङ् सेन्टरका प्रमुख प्रशिक्षण तथा भलिबलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी दिनेश चौधरीको संयोजकत्वमा सम्पन्न खेलमा सात समुहले सहभागिता जनाएका थिए ।

सहभागी सातवटै समुहका खेलाडीहरु शान्ता भलिबल ट्रेनिङ सेन्टरका आफ्नै उत्पादन हुन् । उक्त अवसरमा प्रशिक्षक चौधरीले देशले अहिले पनि राम्रा खेलाडीको उत्पादन गर्न नसकेका बताए । भलिबलका थुप्रै राम्रा खेलाडीहरु मोफसलमा लुकेर बसेको अवस्था छ, उनीहरुलाई अवसर दिनुपर्छ चौधरीले भने ।

खेलअवधिभर २१ खेल खेलाइएको थियो । प्रतियोगितामा प्रथम हुने देखि लिएर अन्तिम स्थान हासिल गर्ने समेतले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा भकुण्डे युथ क्लब ब्लु ले प्रथम स्थान हासिल गर्न सफल भयो भने दोस्रो स्थान पामे युथ क्लब भयो त्यसैगरी भुकण्डे युथ क्लब रातोले तृतीय स्थान हासिल गर्न सफल भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width