अध्यापनले मात्र प्राध्यापक भईदैन–अधिकारी

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७६
adakari photo

पोखरा, २९ वैशाख । अध्ययन, अध्यापनका साथै समाज, राष्ट्र र अन्तराष्ट्रिय तहमा हुनसक्ने समस्याको पहिचान र समाधानका लागि गरिने वैज्ञानिक अनुसन्धानले मात्र विश्व बिद्यालयका प्राध्यापकहरुको गरिमा बढ्ने नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष शेखरनाथ अधिकारीले बताएका छन् ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन र राष्ट्रिय प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पस ईकाइ समितिको आयोजनामा शनिवार नयाँ वर्षको अवसरमा सम्पन्न शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा प्रमुख वक्ताको रुपमा अधिकारीले उक्त विचार ब्यक्त गरेका हुन् ।

शुभकामना मन्तब्य दिदै राष्ट्रिय प्राध्यापक संगठनका केन्दी्रय सचिवालय सदस्य तथा बिशेष अतिथि हुतराज शर्माले प्राध्यापकहरुमा अनुशाशनहिनता बढ्दै गएकाले संगठनलाई नियन्त्रण गर्न निर्देशन दिएका थिए।

कार्यक्रममा हालै त्रिभुवन विश्वबिद्यालयको सर्वोच्च शैक्षिक पद प्राध्यापकमा पदोन्नती भएका प्रगतिशील प्राध्यापकहरु डा. सरोज कोईराला, डा. टंकराज अधिकारी र डा. उमनाथ बराललाई सम्मान तथा बधाई ज्ञापन गरेका थिए । सम्मानित ब्यक्तिहरुले पृथ्वीनारायण क्याम्पसको प्राज्ञिक उन्नयनका लागि आफ्नो योगदान निरन्तर रहिरहने प्रतिवद्धता ब्यक्त गरे ।
पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख नन्दलाल अधिकारीले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा सर्वाङ्गिण विकासका लागि क्याम्पस स्थित संगठनहरुको समन्वय आवश्यक रहेको वताउदै कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले सहज रुपमा परिवर्तनलाई स्वीकार गर्न नसके क्याम्पस विकासमा अवरोध हुने बताए ।

त्रि.बि. प्राध्यापक संघका निवर्तमान केन्दी्रय सदस्य कालीदास शर्माले स्थाई तथा करारका प्राध्यापकहरुले आवश्यक लोड नलिई जागिर खाने प्रवृत्ति नहटेसम्म आंशिक प्राध्यापकहरुको वास्तविक लोड एकिन नहुने भएकाले आंशिकको समस्या समाधान गर्न स्थाई तथा करार प्राध्यापकको भुमिका महत्वपुर्ण हुने बतए ।
त्यसैगरी प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका सभापती थानेश्वर सुवेदीले नेपालका विश्व बिद्यालयका प्राध्यापकको सेवा सुविधा अन्तराष्ट्रिय मापदण्ड भन्दा ज्यादै न्युन रहेकाले सेवा सुविधा बृद्धिका लागि सम्पूर्ण प्राध्यापकहरु एक हुन अपील गरेका थिए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु उपेन्द्र पौडेल, गिता पौडेल, प्राध्यापक बावुराम पौडेल, नेपाल प्रगतिशील प्राध्यापक संगठनका केन्द्रीय सदस्य डा. गिरधारी दहाल, सन्ध्याकालीन कार्यक्रम संयोजक हिमलाल अचार्य, एम.पि.ए. संयोजक सूर्य बहादुर जि.सि., आंशिक प्राध्यपक संगठन पृथ्वीनारायण क्याम्पसका अध्यक्ष राजन क्षत्री राष्ट्रिय प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका का.वाहक अध्यक्ष नवीनबहादुर अधिकारी, राष्ट्रिय शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले आफ्ना भनाईहरु राखेका थिए । कार्यक्रम संयोजक बिष्णुप्रसाद अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने नेपाल प्रगतिशील प्राध्यापक संगठन पृथ्वीनारायण क्याम्पसका अध्यक्ष प्रा.डा. टङ्कराज अधिकारीको अध्यक्षतामा सम्पन्न भएको प्रगतिशील प्राध्यापक संगठनका पृ.ना.क्याम्पसका कार्य समिति सदस्य बिष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width