सिद्धार्थ बुद्ध टोलको साधारणसभा

आदर्श समाज सम्वाददाता
वैशाख १५, २०७६
sidhartha_Fotor

लेखनाथ, १४ वैशाख। सिद्धार्थ बुद्ध टोल विकास संस्था पोखरा–२९, भण्डारढिक, ग्रुप नं. १ को १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।

साधारणसभा उद्घाटन गर्दै वडा अध्यक्ष चेतबहादुर गुरुङले लामो समयपछि राजनीतिक स्थीरता कायम भएकाले अब विकासको कामले गति लिने दाबी गरे।

टोल विकास संस्थाले टोलको सरसफाइ, विकास निर्माण, रोजगारीको सिर्जना, लागुपदार्थ दुव्यर्सनी न्यूनिकरण लगायतमा क्रियाशील भएर लाग्नुपनेर्मा उनले सुझाव दिए। आमा समूह गु्रप नंं १ अध्यक्ष श्रीमाया गुरुङले टोल विकास संस्थाले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम गर्नुपर्ने बताउँदै सीपमूलक तालिम लिन चाहने जो कोहिले पनि समूहमा सम्पर्क गर्न अनुरोध गरिन्। संस्थाका वरिष्ठ सल्लाहकार मोतिलाल सुनारले संस्थाको पहिलेको अवस्थाको विषयमा चर्चा गर्दै निकै दुःख कष्टका साथ संस्था अहिलेको अवस्थामा आएको स्मरण गरे।

संस्थाले शनिबार नै ज्येष्ठ नागरिक भद्र केसी र हरिकुमारी गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो।

यस्तै, पोखरा विश्वविद्यालयबाट एमबीएतर्फ डिस्टिङ्सन नतिजा ल्यान सफल ज्योति गुरुङ र बीबीएतर्फ प्रथम श्रेणीमा उत्र्तीण सुस्मिता केसीलाई सम्मान गरियो।

सो अवसरमा उत्कृष्ट महिला सदस्यको रुपमा सीता नेपाली, पुरुष सदस्यमा नायब सुब्बा टेकबहादुर गुरुङ, उत्कृष्ट भूतपूर्व उपाध्यक्षमा लेखबहादुर सुनार, उत्कृष्ट बचतकर्ताको रुपमा हवल्दार कृष्णबहादुर केसी र नौली गुरुङलाई सम्मान गरिएको थियो। कार्यक्रममा सचिवको प्रतिवेदन सचिव मञ्जु विकले र कोषाध्यक्ष चिनमाया गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। संस्था अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष दयाप्रसाद नेपालीले र सञ्चालन सचिव मञ्जु विकले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

hero news full width