१. नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता दुई वर्ष पछि गण्डकी प्रदेशमा आयोजना गर्ने उद्घोषका साथ आठौं राष्ट्रिय खेलकूद बाँके जिल्लामा बुधबार सम्पन्न भएको छ। त्यसको प्रतीकका रुपमा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार श्रेष्ठले गण्डकी खेलकूद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई खेलकूदको झण्डा हस्तान्तरण गरेका थिए।
२. आठौं राष्ट्रिय खेलकूद केही दिन पहिले शुरु भएको भएता पनि त्यस्को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ५ गते गरेकी थिइन्। खेलकूदको आयोजना बाँकेका अतिरिक्त अन्य जिल्लाहरुमा पनि गरिएको थियो। आयोजनाको समापन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए।
३. राष्ट्रिय खेलकूद प्रतियोगितामा २५ खेलका लागि ५ हजार ३ सय ११ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उनीहरु मध्ये २ हजार ८ सय २५ पुरुष र २ हजार ३ सय ८६ महिला थिए। खेलाडीहरुले ३ सय ३२ स्वर्ण, ३ सय ३२ रजत तथा ४ सय ८० काँस्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए।
४. प्रतियोगितामा गैरआवासीय नेपाली संघ र (एनआरएन) का टोली सहित सातप्रदेश र ३ विभागीय टोली गरी ११ टोलीको सहभागिता थियो। विभागीय टोलीमा आर्मीको त्रिभुवन क्लव, नेपाल पुलिस क्लव र एपीएफ थिए। प्रतियोगितामा आर्मीले सर्वाधिक स्वर्ण पदक जितेको छ। त्यसले १४० स्वर्ण ४२ रजत र ६७ काँस्य गरी २८९ पदक जितेको छ। पुलिस दोश्रो भएर ६२ स्वर्ण ४९ रजत तथा ४६ का“स्य गरी १५७ पदक जितेको छ।
५. प्रतियोगितामा आर्मीबाट प्रतिस्पर्धा गरेकी गौरिका सिंह चर्चित खेलाडी बनिन्। उनले आफूले सहभागिता जनाएको कुनै पनि खेलमा दोस्रो हुनु परेन। उनले १२ खेलमै स्वर्ण पदक जितिन् भने ६ खेलमा उनले आप्mनै कीर्ति पनि तोडेकी थिइन्। उनी राष्ट्रिय खेलकूदको इतिहासमा एकै प्रतियोगितामा सवैभन्दा धेरै स्वर्ण जित्ने करिस्मा कार्कीकै बराबरीमा पुगेकी छिन्।
६. गण्डकी प्रदेशले पाँचौ स्थानमा चित्त बुझाउँनु परेको छ। प्रदेशले जम्मा १३ स्वर्ण, २१ रजत र ४४ काँस्य गरी ७७ पदक जितेको छ। प्रतियोगितामा प्रदेशका खेलाडीहरुले धेरै प्रयास गर्नु पर्ने देखिएको छ। केही प्रदेशका खेलाडीहरु खाली खुट्टामा नै प्रतिस्पर्धा गर्न खेल मैदानमा उत्रेको पनि देखिन्थ्यो।
७. नवौं राष्ट्रिय खेलकूद गण्डकी प्रदेशमा हुने भएको छ। यो खुशीको कुरा पनि हो। दुई वर्ष भनेको लामो समय पनि हो। चाहेमा धेरै काम गर्न सक्दछ। यो दुई वर्षमा केन्द्र सरकार र प्रदेश सरकारहरुले खेलको लागि भौतिक पूर्वाधार तैयार गर्ने र खेलाडीहरुलाई राम्ररी प्रशिक्षण दिने व्यवस्था मिलाउनु पर्दछ। त्यो काम अहिले नै प्रारम्भ गरिनु पर्दछ। अहिलेको परिणाममा धेरै सुधार हुनु पर्दछ। अहिले निदाएर बस्ने पछि समय नै पुगेन भनेर भन्नु राम्रो होइन। खेलाडीहरुलाई प्रोत्साहित गर्ने काम पनि अहिलेदेखि गर्नु पर्दछ। हेरौं, सरकरको तत्परता कस्तो हुन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
जेठ ५, २०८१उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
जेठ ५, २०८१पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१