भूपू सैनिकको योगदान अतुलनीय– रक्षामन्त्री पोखरेल

आदर्श समाज सम्वाददाता
वैशाख ११, २०७६
HB_Pokhara_04242019_opaningishotpokral

पोखरा, ११ वैशाख । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वीर गोर्खालीले आर्जन गरेको ख्यातिका कारण आजपनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वको चौध ठाउँमा शान्ति स्थापनाका लागि नेपालले काम गर्दै आइरहेको बताएका छन् ।

संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासङ्घ नेपालको पाँचौ वीर गोरखा दिवसको अवसरमा बुधवार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने –लामो समयदेखिको गोर्खाली सैनिकको वीरता र इमान्दारिताको कारण विश्वसामु नेपालको प्रतिष्ठा उच्चो भएको छ ।

भूतपूर्व सैनिक र सुरक्षाकर्मीको ठूलो जनशक्तिलाई राष्ट्र र समाजको निर्माणको अभियानमा सरकारले लगाउन नसकेको बताउदै उनले भने – सेवानिवृत सैनिक र सुरक्षाकर्मीले हासिल गरेको ज्ञान, सीप र प्रविधिलाई सदुपयोग गरी मुलुकमा आर्थिक रुपान्तरण कसरी गर्ने सकिन्छ भन्ने विषयमा ठोस योजना ल्याउन जरुरी छ ।

सरकारको एक वर्षको अवधि जग निर्माणमा सम्पन्न भएको र नयाँ वर्षमा सम्मृद्धि तर्फ अगाडि वढ्छ, उनले भने –सेवानिवृत गोर्खाली सैनिकको पेन्सन रकम मुलुकको विकासका लागि एउटै बास्केटमा राख्न आवश्यक छ । सो महासङ्घका अध्यक्ष पूर्व कर्नेल धर्मबहादुर थापाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width