भीमदत्तनगर, ९ वैशाख । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।
औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।
अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविका, शहीद परिवारलगायतलाई निःशुल्क औषधि दिँदै आइरहेको थियो । चार दिनअघि अस्पतालले सूचना जारी गर्दै बजेट अभावका कारण औषधि र आंशिक छुट दिन नसक्ने बताएको छ ।
महाकाली अञ्चल अस्पतालका सूचना अधिकृत केशवदत्त अवस्थीले औषधिका लागि सङ्घीय सरकारबाट चालू आर्थिक वर्षमा रु तीन लाखमात्रै आएको जानकारी दिए । “माथिबाट आएको तीन लाखको औषधि सकिएपछि समस्या आएको हो ।” सूचना अधिकृत अवस्थीले भने “औषधि उपलब्ध गराउनका लागि सुदूरपश्चिम प्रदेश सरकारमा पहल गरिरहेका छौँ ।”
“औषधि बिक्रेताले उधारो धेरै भएपछि औषधि दिन नसक्ने भनेपछि सूचना जारी गरेर सेवा मात्रै दिने भनेका हौँ ।” अवस्थीले भने “औषधि आएपछि पुनः वितरण शुरु हुन्छ ।” औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० जना लक्षित वर्गका बिरामी मारमा परिरहेका छन् । एकाइमा चार जना कर्मचारी कार्यरत रहे पनि दरबन्दी भने दुई जनाको मात्रै हो । अहिले दुई जनाको तलब चार जनाले बाडेर खाइरहेका छन् । दातृ निकायमार्फत सामाजिक एकाइ कर्मचारी व्यवस्थापन हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१