बिक मृत अवस्थामा भेटिइन

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७६
google-ai-predict-death-artificial-intelligence

पोखरा, ३ बैशाख । पोखरा–१७ छोरेपाटन निवासी ५८ बर्षीया मीठु बिक आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् ।

सोमवार राति खाना खाएर सुतेकी बिक मंगलवार बिहान अवेरसम्म नउठेपछि उनका पतिले कोठामा गएर हेर्दा उनी मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान अगाडि वढाएको कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

त्यस्तै गोरखा जिल्ला गण्डकी गाउँपालिका–१ को कुडलेका बारीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छ । उक्त घटनाको वारेमा प्रहरीले थप अनुसन्धान सुरु गरेको प्रदेश नं ४ प्रहरी कार्यालय पोखराले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width