पोखरा, १ वैशाख । २००६ साल चैत २९ गते मंगलबार । विन्ध्यावासिनी मन्दिरमा होम गर्ने कार्यक्रम थियो । सारा गाउँले मन्दिरमा भेला भएका थिए । होमनको काम भैरहेको थियो । पुजारी, पण्डित, ब्राह्मणहरु धेरै थिए । एक्कासी आँधी चल्यो । हावा हुरीको भुमरी चल्यो । आँपको हाँगो भाँचिएर होमन कुण्डमा पर्यो ।
ब्राह्मणहरुले रुद्री गरेको ठाउँमा बोका काटेछन् । भोग दिएछन् । धर्म विपरित काम गरेकोले अनिष्ट भएको भन्छन् सबै । होमन कुण्डमा आँपको हाँगो परेपछि त्यहाँबाट आगो उछिट्टिएर गाउँमा पस्यो । दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म आगो दन्किरह्यो । विन्ध्यावासिनीबाट छिरेको आगोले पोखराको चिप्लेढुंगासम्मको घर सखाप बनायो ।
खरले छाएका घर त बाँकी हुने कुरै भएन । ढुंगाले छाएका घर पनि सग्लो रहेन । गणेश टोलका केही ढुंगाका छाना भएका र गैह्रापाटनका ४ वटा घर जोगिए । बाँकी सबै घर राख भएर सकियो । सबैको रुवाबासी थियो । आगो निभाउने कोही भएन । त्यसो त खानेपानीको समस्या भएको ठाउँमा आगो निभाउने पानी पाउने कुरा पनि भएन ।
वरिपरी जम्मा खानेपानीका १२ धारा थिए । धारापानी भन्ने ठाउँबाट धारामा पुर्याईन्थ्यो । बगरचोक, विन्ध्यावासीनी, नालाको मुख, गैह्रापाटन, बगालेटोल, पालिखेचोक, रानीपौवा र पूरानो धारामा धारा थिए । १९७४ सालमा पोखराका बडाहाकिमका छोरा बाल शमसेरको निधन भएका कारण छोराको सम्झनामा उनका बाबुले धारा जोडिदिएका थिए ।
त्यसअघि त्यहाँका मान्छेहरु याम्दीखोलामा पानी लिन पुग्थे । सेती नदीको पानी बोकेर ल्याउँथे । घर जलेपछि सरकारले अनुदान दियो, घरको अवस्था हेरेर । ८ सयदेखि १४ सय सम्म अनुदान पाए । काठ सजिलै पाईन्थ्यो । वन विभाग थिएन । मुखियाले अनुमति दिएपछि काठ काट्न पाईन्थ्यो । मैले पनि ८ सय रुपैयाँ पाएँ । सुरुमा आफन्त आएर सहयोग गरे । पछि घर बनाउने बेलामा ५ सय रुपैयाँ खर्च भयो । बाँकी ३ सय रुपैयाँ जोगियो ।
त्यो बेला पनि २ सय भन्दा बढी घर जलेको हुनुपर्छ । सानै थिएँ, ठ्याक्कै सम्झना भएन । तर बस्ती बाक्लो थियो । कुनैपनि घर बाँकी रहेन ।
पोखराका पूराना बासिन्दा लक्ष्मीप्रसाद बास्तोलासँगको कुराकानीमा आधारित
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१