पोखरा, १ वैशाख । चितवन–पोखरा सम्पर्क समाजले नव वर्ष वि.सं २०७६ को अवसरमा शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
समाजले प्रकाशन गरेको क्यालेण्डर प्रमुख अतिथि चितवन साहित्य संगम तथा शारदा स्मृति प्रतिष्ठानका पूर्व अध्यक्ष पोषराज पौडेलले विमोचन गरेका थिए । उक्त अवसरमा पौडेलले नयाँ वर्षको शुभकामना दिंदै चितवन–पोखरा सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको उल्लेख गरे ।
विशेष अतिथि पोखरा विश्वविद्यालय स्कूल अफ डेभलपमेण्ट एण्ड सोसल ईन्जिनियरीङ्गका निर्देशक डा.राम प्रसाद अर्याल, क्षेत्रीय शिक्षा निर्देशनालयका पूर्व निर्देशक इन्द्रमणि ढकाल तथा पर्यटन वन उद्योग तथा वातावरण मन्त्रालयका उप(सचिब दिवाकर पौडेलले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए।
जेष्ठ नागरिक नन्दलाल सापकोटा, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, क्राउन हिमालयन होटलका संचालक अम्बिका अर्यालको समेत आतिथ्यता रहेको उक्त कार्यक्रममा सहभागीको तर्फबाट दुर्गा बराल (पनेरु) ले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो भने सहभागीले आपसमा शुभकामना साटासाट गरेका थिए ।
समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तारा सापकोटाले र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष दिलिप पनेरुले गरेका थिए । क्यालेण्डर प्रकाशन संयोजक तारा सापकोटा, सदस्य कल्पना कोइराला र रामचन्द्र पहारी रहेका छन् ।
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१