बाँके, २७ चैत । बाँकेको कोहलपुरमा शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा मंगलवार राति दुई मजदुरको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
शौचालयको सेफ्टीट्याङ्की सफा गर्न भित्र छिरेका बेला निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरी नायब उपरीक्षक सिंहले बताए । शौचालयको सेफ्टीट्याङ्की फोडेर गए राति नै दुवैको शव निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१