हेमजा, २३ चैत। विष्णुपादुका क्लबको आयोजनामा शुक्रवारदेखि शुरु १० औं राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ।
महोत्सवमा शनिवार सम्बोधन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोषनारायण पौडेलले आलु महोत्सवले पोखराको कृषि पर्यटनमा टेवा पुर्याएको बताए। उनले कृषि पेसा सम्मानित र मर्यादित बनाउनुपर्नेमा जोड दिए। अधिकृत पौडेलले आधुनिक तथा सामूहिक कृषि प्रणालीबाटै आर्थिक क्रान्ति सम्भव भएको औंँल्याउँदै नेपालीले आफ्नै उत्पादन सेवन गर्न जोड गर्नुपर्ने बताए।
पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले पहिला हेमजा क्षेत्र सुन्तलाको पकेट क्षेत्र भएको स्मरण गर्दै आलुको पहिचान पनि त्यसरी नै संकटमा पर्ने त होइन भन्दै चिन्ता व्यक्त गरे। उनले आलुको ग्रेडिङ गरी बिक्रीवितरण गर्न हेमजावासीलाई सुझाव दिँदै विषादीरहित कृषि उत्पादनमा चनाखो बन्न आग्रह पनि गरे।
महोत्सव उद्घाटनको दिन शुक्रवार भएको झाँकी र्यालीमा माछापुच्छ्रे सेवा समाज प्रथम, बहुउद्देश्यीय किसान सहकारी द्वितीय र देवीस्थान कृषि सहकारी तृतीय भए।
यस्तै, देवीस्थान भजन समूह, दियालो कृषि सहकारी, लामाचौतारा खुट्टेगौँडा टोल विकास संस्था, सिद्घीविनायक आमा समूह, नेवा खल हेमजा, नवजागरण आमा समूह र नमूना आमा समूह सान्त्वना सफल भए।
शनिवार लोकदोहोरीतर्फ कलाकार जीवन दाहाल, तारापति सुवेदी, टेक क्षेत्री, सविना गुरुङ, माया गुरुङ, कमला गैरे र समीक्षा अधिकारी, हास्यतर्फ युवराज भण्डारी र राजेन्द्र नेपालीले दर्शकलाई मनोरञ्जन दिएका थिए।
त्यस्तै रत्यौली प्रतियोगिता शनिवारदेखि नै शुरु भएको छ भने आइतवारदेखि राष्ट्रिय कृषि दोहोरी गीत प्रतियोगिता शुरु हुने सांस्कतिक उपसमिति संयोजक सूर्यबहादुर कुँवरले जानकारी दिए।
शनिवारसम्म ५० क्वीन्टल आलुको कारोबार भएको झाँकी र्याली व्यवस्थापन समिति सदस्य जयराम तिमिल्सिनाले बताएका छन्।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवको दोस्रो दिनको कार्यक्रम मूल संयोजक कृष्णबहादुर खड्काको अध्यक्षतामा भएको हो। कार्यक्रम संचालन महासचिव वसन्तकुमार श्रेष्ठले गरेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१