१. पोखरामा यो भएन र त्यो भएन भन्ने नकारात्मक कुरा बढी रहेको बेला एउटा सुखद समाचार सम्प्रेषण भएको छ। त्यो सुखद समाचार हो पोखरेलीहरुको विशेषताको रुपमा रहेको फेवातालको पानीमा देखिएको केही शुद्धता। हिजो फेवातालको पानीमा पौडी खेल्न हुन्न भन्ने गरिएको थियो भने यस पटक विशेषज्ञहरुले पानीको परीक्षण गरी त्यो पानी पिउन नहुने तर पौडी खेल्न हुने बताएका छन्।
२. फेवाताल प्रदुषित हुँदै गएकोमा पोखरेलीहरु मत्र होइन, अरुहरु पनि चिन्तित भएको सर्वविदित छ। फेवातालसँग सम्बन्धित संघ संस्था र कार्यालयहरुले सधै चिन्ता व्यक्त गर्ने गरेका छन्। तर सुधारको लागि खास काम गरेका छैनन्। त्यसै भएर पनि ती संघ संस्था र कार्यालयहरु बढी आलोच्य भएका छन्।
३. तालको पानीमा प्रदुषण बढ्दै गएपछि केही वर्ष पहिले त्यहाँका धेरै माछाहरु पनि मरेका थिए। तालकै इतिहासमा त्यो दुर्भाग्यको स्थिति थियो। त्यसपछि जनतामा केही चेतपनि पलायो र ताललाई बनाउन नसके पनि बिगार्न नहुने भावनाको विकास भयो। त्यही भावानाको प्रतिफल तालको पानीमा परिवर्तन आएको छ। केही स्वच्छ भएको छ।
४. तर यत्तिकैमा दङ्ग पर्ने बेला होइन। कुनै संस्था र कार्यलयले ठोस काम गरेकाले पानीमा परिवर्तन आएको होइन। तिनीहरुले केही गर्न खोजेका छन्। तर व्यवहारमा ठोस काम देखिएको छैन। पहिले फेवातालमा पौडी प्रतियोगिता गर्ने पोखरा नै थियो, पानी प्रदुषित भएकोले त्यो प्रतियोगिता रोकिएको थियो। अब त्यस्तो प्रतियोगिता सम्भव हुने भएको छ।
५. फोवातालले के कसरी प्रदूषित भएको छ भन्ने सम्बन्धित सबैलाई थाहा छ। किनारमा भएका ती भावनाहरु, फिकै खोलाको पानी र गण्डकीको पानी फिल्टर नगरी तालमा मिसाइदिदा समस्या उत्पन्न भएको हो। त्यो सत्य र तथ्य पाएर पनि सम्बद्ध पक्षहरुले आफ्नो आनीबानी र स्वभावमा सुधार गरेका छैनन्। सुधार गर्नु पर्दछ भन्ने उनीहरुको भाषणको विषय मात्र भएको छ।
६. अबता फेवातालको मापदण्डको कुरा पनि आएको छ। सवोर्च्च अदालतले स्पष्ट निदेर्शन पनि दिएको छ। बाध्यकारी निदेर्शन आएको पनि केही महिना बितेको छ। जनप्रतिनिधिहरु समारोह आदि हुँदा अब आफूहरुले तदारुकता मापदण्ड कायम गरी काम गर्ने बताउँछन् भने अरु बेला उनीहरु फेरी निदाउने गर्दछन्।
७. अब फेवातालको वातावरण बनाउनु, पानी शुद्ध पार्नु र दुरुपयोग हुनबाट जोगाउनु अति आवश्यक भएको छ। सवोर्च्च अदालतले समेत आदेश दिई सकेकाले अब छिटै निदाउने बेला छैन। त्यसमा पनि सम्बद्ध सबैको प्रतिबद्धता पनि यसमा जोडिएको छ। चुनावी घोषणा पत्र पनि छ। केही महिना अझै बिताउन सक्छ। तर सधै नकरात्मक किसिमले बिताउन सक्दैन। सकारात्मक तिर गएको बेला छ। अब यो गति बढ्दै जाने अपेक्षा गर्न सकिन्छ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१