हावाहुरी प्रभावितलाई राहत प्रदान गर्न भारत तयार

एजेन्सी
चैत्र २०, २०७५
1554218652shutterstock-133239521

पोखरा, २० चैत । बारा र पर्सामा हावाहुरीले ३५ जनाको ज्यान लिएको घटनाप्रति छिमेकी देश भारतले दुःख व्यक्त गर्दै आवश्यक परेको खण्डमा राहत सहयोग उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयले मंगलवार एक विज्ञप्तिमा हावाहुरीमा परी मृत्यु भएका व्यक्तिका परिवार प्रति समवेदना, घाइते र सम्पत्ति गुमाएका प्रति सहानुभूति व्यक्ति गर्दै आवश्यक परेको खण्डमा भारत सरकारले राहत सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरेको हो ।

विदेश मन्त्रालयको विज्ञप्तिमा काठमाडौंस्थित भारतीय दूतावास र वीरगञ्जस्थित महावाणिज्यदूतावासले घटनाबारे नेपाली अधिकारीसँग सम्पर्क गरिरहेका बताइएको छ । हावाहुरीमा परी ४ भारतीयको समेत मृत्यु भएको छ । हावाहुरीमा परी पाँच सय वढी घाइते भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै