पोखरा, १९ चैत । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी औषधि लिएर हावाहुरी प्रभावित जिल्ला बारा पुगेका छन् ।
हावाहुरीबाट घाइते भएका सर्वसाधारणको उपचार गर्न केसी बाराको फेटास्थित पुरनियाँ गाउँ पुगेका हुन, उनले त्यहाँ स्वास्थ्य शिविर संचालन गर्ने छन् ।
हावाहुरी पीडितलाई औषधि, लत्ताकपडा र खाद्यान्न वितरण गर्ने छन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा हिँडेका हुन् फेटा बाराको सबैभन्दा बढी हावाहुरी प्रभावित ठाउँ हो।
मेरो साथमा स्थानीय स्वास्थ्यकर्मी पनि छन् – केसीले भने, ‘यहाँ शिविर चलाउँछु। औषधि र लत्ताकपडा लिएर आएको छु।’ केसीले सो क्षेत्रमा मंगलबार दिनभरि शिविर चलाउने भएका छन्। उनले हाडजोर्नी सम्बन्धी औषधि बढी बोकेका छन्। यस्तै, सिटामोल, पारासिटामोललगायत विभिन्न प्रकारका औषधि वितरण गर्ने छन्।
आफ्नो व्यक्तिगत खर्चमा उनी हावाहुरी पीडितको उपचार गर्न गाउँमै पुगेका हुन्। आइतवार राति हावाहुरी आउँदा बारा र पर्सा जिल्लामा ३५ जनाको मृत्यु भएको थियो।
घटनामा पाँच सय बढी घाइते छन्। घाइतेहरूको बारा र पर्साका विभिन्न अस्पतालहरूमा तथा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१