पोखरा, १३ चैत । पोखरा–१३ निवासी स्व टोमप्रसाद सिग्देका परिवारद्वारा संस्कृत माध्यामिक विद्यालय भिमकाली पाटनका वटुकलाई खाद्यान्न वितरण गरिएको छ ।
मानव मिलन नारी जागरण नेपालद्वारा आयोजित स्व. टोमप्रसाद सिग्देलको चौथो वार्षिक तिथिमा तथा सिग्देलको स्मृतिमा उक्त विद्यालयका विद्यार्थीलाई बुधवार खाद्यान्न प्रदान गरिएको हो ।
गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले खाद्यन्न वितरण गर्दै संस्कृत विद्यालयमा हुने शिक्षाको गुणस्तर र विद्यार्थी संख्या बृद्धि गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
सफलता एफएमकी संचालिका दुर्गा अधिकारीले सरकारी विधालय व्यवस्थित वनाउन शिक्षा नीतिमा सुधार ल्याउनु पर्नेमा जोड दिएकी छन् । शिक्षक गोविन्द प्रसाद सिग्देलले स्कुलमा रहेका ६५ जना वटुकलाई निजी क्षेत्रवाट सहयोग जुटाउदै आएको बताए ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष गोविन्द नेपालीले विद्यालयको शैक्षिक सुधारमा व्यवस्थापन समिति सक्रिय रुपमा अगाडि वढेको बताए ।
उक्त अवसरमा विश्व हिन्दु महासंघका प्रतिनिधि शंकर खराल, प्रकाश शर्मा, विधार्थी नेता हरिवोल गौतम लगायतले आफ्ना धारणा व्यक्त गरेका थिए ।
साथै स्व.टोमप्रसाद सिग्देलको स्मृतिमा विद्यालयमा २५ हजार वरावरको अक्षयकोषको स्थापना गरिएको छ । मानव मिलन नारी जागरण नेपालका अध्यक्ष सविता बरालको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१