लमजुङ, ८ चैत । लमजुङमा २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको छ । बेसीशहर नगरपालिकाले त्यस्तो कार्य गरेको हो ।
उत्पादन बढाउने र कृषिमा लागत घटाउने उद्धेश्यले किसानहरूलाई हाते ट्याक्टर (मिनीटिलर) प्रदान गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कृषि शाखाले कृषिमा यन्त्रीकरण गर्न नगरपालिका क्षेत्र भित्रका २३ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानलाई खेती गर्न सहजताका लागि ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर दिइएको नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए । ‘गाउँका युवा विदेशीएका छन् । काम गर्ने मान्छे खोज्दा पाइँदैैन । गोरु पाल्न छाडेका छन्’ उनले भने– ‘खेती लगाउन सरल र सहज बनाउन किसानलाई ट्याक्टर दिएका छौं । यसले खर्च कम हुने र समय पनि कम लाग्ने भई किसानको खेतीमा लगाब बढ्ने विश्वास गरेका छौं ।’
प्रति ट्याक्टर ७० हजार रुपैयाँ मूल्य पर्छ त्यसमा किसानले ५० प्रतिशत छुटमा दिइएको नगरपालिकाका कृषि शाखा प्रमुख नवराज बरालले बताए । उनका अनुसार हाते ट्याक्टरले १ दिनमा ५÷६ हलसम्मको खेत जोत्ने काम गर्दछ । कृषिमा यन्त्रीकरण, व्यवसायिकरण र बजारीकरण गर्नुपर्ने भन्दै यसका लागि किसानलाई सहयोग गरिएको उनको भनाई छ ।
नगरपालिकाबाट गतबर्ष १३ वटा हाते ट्याक्टर वितरण गरेको थियो, यो वर्ष २३ जनालाई वितरण गरिएको उनले जानकारी दिए । ती किसानले आगामी बर्ष किसानको माग अनुसार थप्दै लैजाने उनको भनाई छ । गोरुले जोत्दा दिनभर लाग्ने भए पनि ट्याक्टरले जोत्दा एक हल खेत डेढ घण्टामा सकिन्छ । यसले गर्दा कृषिको उत्पादनमा लागत घटाउँछ । कृषि उत्पादनमा यस्ता सामग्रीले सघाउ पु¥याउने उनले उल्लेख गरे । डिलरमा आवश्यक मर्मतसम्भार समेत गरिने र ट्याक्टर लिएका किसानका लागि तालिम सञ्चालन गरिने बताए ।
नगरपालिकामा ट्याक्टर लिन आएकी बेसीसहर नगरपालिका– २ भकुण्डेका किसान सकुन्तला थापाले गोरु र हली खोज्दा नपाइने र पाए पनि महंगो हुने भएपछि ट्याक्टर लिन आएको बताइन् । उनले भनिन्– ‘खेती गर्न समस्या हुँदै आयो, भनेको बेलामा न गोरु पाइन्छ, न त हली नै । खेत बाँझो राख्न भन्दा ट्याक्टरले भने पनि खेती गर्नु पर्ला भनेर लिन आएकी हुँ ।’ हाते ट्रयाक्टरमार्फत आफ्नो खेत जोत्ने काम गर्ने र बचेको समयमा छिमेकीलाई समेत कम मूल्यमा प्रयोग गर्न दिने सोच छ उनले भनिन्
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१