शीतलादेवी नेवाः मिसा पुचको साधारणसभा

एजेन्सी
चैत्र ७, २०७५
miss pucha_Fotor

पोखरा,  ६ चैत। शीतलादेवी नेवाः मिसा पुच पोखरा–१२ को पाँचौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ।

प्रमुख अतिथि नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले नेवारी भाषा,  संस्कृतिको जगेर्नामा महिला जाग्नुपनेर्मा जोड दिए।

उनले पछिल्लो समय चाडपर्वका नाममा फजुल खर्च गर्ने बानी बढ्दै गइरहेको भन्दै अनावश्यक खर्च कटौती गरी सीप विकासमा खर्चनुपर्ने सुझाव दिए।

नेवाःमिसा पुच कास्कीका जिल्ला अध्यक्ष शान्ति उदासले महिलालाई घरभित्र मात्र सीमित नराखी विकासको काममा लाग्न पुरुषहरुले सहयोग गर्नुपर्ने बताइन्। कार्यक्रममा पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्की,  शीतलदेवी टोल विकास संस्थाका अध्यक्ष लोकबहादुर गुरुङ,  नेवाःकच खल पोखरा–१२ का अध्यक्ष शान्तकुमार श्रेष्ठ,  समाजसेवी टीकाबहादुर कार्की,  संस्थापक अध्यक्ष मायादेवी तझ्या,  नेवाःमिसा पुच पोखरा–११ का अध्यक्ष सीता ढेवाजु लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष निर्मला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सहभागीले आपसमा होलीको रंग दलेर शुभकामना साटासाट गरेका थिए।

कार्यक्रममा संस्थाका सचिव र कोषाध्यक्षको प्रतिवदन सर्वसम्मत पास गरिएको संस्थाका सचिव दुर्गा लिगल श्रेष्ठले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै