भाष्कर टोलमा सामूहिक होली

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७५
Bhaskar Tole_Fotor

पोखरा,  ६ चैत। फागुपूर्णिमा अवसरमा पोखरा महानगरपालिका वडा ११ स्थित भाष्करमार्ग टोल विकास संस्थाले सामूहिक रुपमा होली खेलेको छ।

टोलका सदस्य प्राध्यापक कुसुमाकर न्यौपानेले संयोजन गरेको कार्यक्रममा टोलबासीले होली खेलेर शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रममा पोखरा महानगरपालिका वडा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले भाष्कर टोलको विकासका लागि क्रमशः सहयोग गर्दै जाने बताए।

नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीका सभापति माधव बास्तोला ‘मधु’ले समाजभित्रको मेलमिलाप अहिलेको आवश्यकता भएको बताए। भाष्करमार्ग टोल विकास संस्थाका सदस्य प्राध्यापक न्यौपानेले होलीले आपसी सद्भाव र प्रेम विकास गर्ने उल्लेख गरे।

भाष्कर मार्ग टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले पनि बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै