काठमाण्डौ, ४ चैत । इन्डोनेसियाको पूर्वी प्रान्त पपुआमा बाढीले ठूलो मात्रामा धनजनको क्षति पु¥याएको छ ।
बाढीमा परेर कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने बाढीमा परेर ६० भन्दा बढी मानिस वेपत्ता भएका छन् । उनीहरुलाई बाढीले बगाएर बेपत्ता बनाएको छ ।
उद्धारकर्मीहरूले पपुआको दुर्गम क्षेत्रमा पुग्न सङ्घर्ष गरिरहेका छन्। हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्। बाढीपछि पहिरो गएको छ। रूखहरू ढलेका छन्। सडक अबरुद्ध हुँदा उद्धारमा कठिनाई उत्पन्न भएको छ।
बाढीले दुईवटा पुल र सयभन्दा बढी घर बगाएको छ। कम्तीमा चार हजार मानिस घर छोडेर अन्यत्र गएका छन्। ती मध्ये केहीले सरकारी कार्यालयहरूमा आश्रय लिएका छन्। स्थानीय समय अनुसार शनिवार साँझदेखि भएको ठूलो वर्षापछि वाढी र पहिरो गएको हो।
आपत्कालीन निकायमा रहेका अधिकारीहरूका अनुसार जयपुरावरिपरि रहेका पर्वतीय क्षेत्रमा भएको वनविनाशका कारण पपुआमा बाढीको खतरा बढेको छन्। वाढीबारे सरकारले सम्बन्धित निकायलाई सतर्क गराएको छ। इन्डोनेशियाको पपुआ प्रान्तको सीमा स्वतन्त्र राष्ट्र पपुआ न्यू गिनीसँग जोडिएको छ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१