सामाजिक पत्रकारिता पुरस्कार रिसाललाई

आदर्श समाज सम्वाददाता
चैत्र २, २०७५
bhairab-risal

पोखरा, २ चैत । स्वतन्त्र पत्रकार संघ नेपालद्वारा संचालित सामाजिक पत्रकारिता पुरस्कार २०७५ द्वारा भक्तपुर दधिकोटका अग्रज पत्रकार भैरव रिसाललाई सम्मान गरिने भएको छ ।

पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापित उक्त पुरस्कार पहिलो पटक हाल ९० वर्षको उमेरसम्म पनि क्रियाशील सगरमाथा एफएममा कार्यरत क्रियाशील पत्रकार रिसाललाई दिने निर्णय गरिएको हो । स्वतन्त्र पत्रकार संघ नेपाल केन्द्रीय समितिको शनिवार वसेको वैठकले प्रतिभा चयन समितिको सिफारिस अनुसार वयोजेष्ठ रिसाललाई उक्त सम्मान गर्ने निर्णय गरेको हो ।

यसैगरी समितिकै सिफारिसमा धरान सुनसरीबाट प्रकाशित दिव्य रोशनी साप्ताहिककी सम्पादक मनिता राई (चाम्लिङ) लाई पत्रकार महिला सम्मान २०७५ प्रदान गरिने भएको छ ।

संघका सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित पाँच सदस्यीय प्रतिभा चयन समितिको वैठकले सर्वसम्मत रुपमा उक्त निर्णय गरेको हो । समितिका सदस्यहरुमा समाजशास्त्री डा. विश्वकल्याण पराजुली, पत्रकार महिला सम्मानबाट पूर्व सम्मानित पत्रकार दुर्गा अधिकारी, पदेन सदस्य संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोला र महासचिव नवराज पहाडी रहेका थिए।

प्रत्येक वर्ष प्रदान गरिने सामाजिक पत्रकारिता पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मानपत्र तथा पत्रकार महिला सम्मानको राशि पाँच हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यसअघि पत्रकार महिला सम्मानबाट दुर्गा अधिकारी कास्की,शीला गुरुङ पर्वत, रवीना आलेमगर तनहुँ, शान्ति राणा कास्की ईश्वरी पौडेल स्याङ्जा र सीता दर्नाल रुपन्देही सम्मानित भएका थिए ।

स्वतन्त्र पत्रकार संघ नेपालको आठाँै स्थापना दिवसको अवसर पारेर यही चैत ६ गते फागुपूर्णिमाको दिन पोखरामा एक समारोहवीच सम्मान प्रदान गरिने जानकारी राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद वास्तोलाले दिए ।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…

hero news full width