स्क्वासमा कास्कीका सन्तोष छनोट

एजेन्सी
फागुन २८, २०७५
Jagman-gurung_Fotor

पोखरा, २७ फागुन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि स्क्वासमा कास्कीबाट सन्तोष घिमिरे छनोट भएका छन् । प्रदेशस्तरीय प्रतियोगितामा तृतीय हुँदै घिमिरे छनोटमा परेका हुन् ।

प्रतियोगितामा गोरखाका अमृत थापा प्रथम, नवलपुरका ऋषिराम घिमिरे द्वित्तीय र नवलपुरकै रक्ष लामा चौथो हुँदै राष्ट्रिय खेलकुदका लागि छनोटमा परे । पहिलो सेमिफाइनलमा गोरखाका अमृतले कास्कीका घिमिरेलाई ३–१ ले पराजित गरेका थिए ।

अर्को सेमिफाइनलमा नवलपुरका ऋषिरामले नवलपुरकै रक्षलाई पनि ३–१ को सेटमै पराजित गरेका थिए । तेस्रो स्थानको लागि भएको खेलमा कास्कीका सन्तोषले नवलपुरका रक्षलाई पराजित गरेका हुन् ।

प्रतियोगिता संयोजक पुष्पराज श्रेष्ठका अनुसार प्रतियोगितामा कास्कीका ५, गोरखा १, तनहुँका १ र नवलपुरका २ गरी प्रदेशभरबाट ९ खेलाडीले सहभागिता जनाएका थिए ।

छनोटमा खेलाडीलाई युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width