१. नेत्रबिक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले केही दिन पहिले केही जिल्लामा रहेको एनसेलको टावरमा एकै रात विस्फोट गरेपछि त्यसको चर्चा बढेको छ । त्यो विस्फोटमा एक जनाको ज्यान पनि गएको थियो । त्यस पछि विप्लवको संगठन र हतियारबारे बराबर चर्चा भइरहेको छ ।
२. नयाँशक्ति पार्टीका संयोजक तथा पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराईले आफ्नो सुदूरपश्चिमका जिल्लाहरुको भ्रमणबारे फर्के पछि प्रतिनिधि सभामा आफूले भरभराउँदा युवाहरु विप्लव समूहमा लागेको देखेकाले सरकारले त्यो समूहसँग वार्ता गर्न आग्रह गरेका थिए । असन्तुष्ट पूर्व माओवादीहरु केही विप्वल समूहमा लागेको समचार छ ।
३. प्रधानमन्त्री ओलीले विप्लव समूहले नेपाल कम्युनिष्ट पार्टीको नाममा धब्बा लगाएको आरोप लगाएका छन् । गृहमन्त्री रामबहादुर थापाले तिनीहरुमाथि कार्वाही गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । प्रहरीले त्यस समूहका केहीलाई कार्वाहीको लागि पक्राउ पनि गरेको छ भने खानतलासी गरी हतियार समेत बरामद गरेको छ ।
४. विप्लव समूहले केही हतियार पहिले माओवादीले लुकाएको प्रयोग गर्दैछ भने त्यसले भारतबाट नयाँ हतियार ल्याएको समाचार पनि आएको छ । प्रहरीले पक्रेका केही हतियारहरु नयाँ पनि छन् । त्यसले बम, बारुद र हतियारको संग्रह गरिरहेकोले सरकार सजग र सतर्क हुनु आवश्यक छ ।
५. देशमा धेरै परिवर्तन भएको छ । राजतन्त्रको अन्त भई गणतन्त्र स्थापित भएको छ । जनताको संविधान बनेको छ । नयाँ संविधान अनुसार चुनाव पनि सम्पन्न भएको छ । यस स्थितिमा सशस्त्र आन्दोलनको कुनै सम्भावना र आवश्यकता नभएको सरकारी पक्षको धारणा छ । तर विप्लव पक्षले आन्दोलन पूर्ण नभएको र त्यसबेला सरकारलाई बुझाएको ४० बुँदे मागमध्ये केही अझै पूरा नभएकोले आन्दोलन अवश्यम्भावी रहेको जनाएको छ ।
६. पहिले माओवादीले गरेझैँ विप्लव समूहले पनि चन्दा संकलन गरिरहेको छ । उद्योगी व्यापारीसँग मात्र होइन, त्यसले जनप्रतिनिधिहरुसँग पनि चन्दा संकलन गरिरहेको छ । पश्चिमतिर विकास बजेटबाट पनि केही रकम संकलन गर्ने त्यसको प्रयास छ । स्थिति प्रतिकूल हुँदै गएको हो कि भन्ने पनि देखिन्छ ।
७. केन्द्रमा दुईतिहाई बहुमतको सरकार छ । प्रदेश र स्थानीय तहमा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सरकार छ । सडकमा पनि कम्युनिष्टछन् र जंगलमा पनि उनीहरु नै छन् । यस्तो स्थितिमा देश स्वर्ग हुनु पर्ने हो । तर उनीहरु नै विवादमा उत्रेको अवस्था छ । उनीहरु आपसमा हिलो छ्यापाछयप गरिरहेका छन् । छिटो यो स्थितिको अन्त्य गरिनु पर्दछ । विकास निर्माणमा गति थप्नु पर्दछ र उत्पादन बढाउने उपाय गर्नु पर्दछ । यो विवाद गर्ने बेला होइन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१