प्रतिभा सहकारीको वार्षिकोत्सवमा रक्तदान

शेरबहादुर खत्री (शिलास), विद्यार्थी पत्रकार   
फागुन २१, २०७५
Raktadan_Fotor

पोखरा, २० फागुन। पोखरा महानगरपालिका वडा १५ स्थित प्रतिभा बचत तथा ऋण सहकारी संस्थाले सातौं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

पोखरा–१५, नयाँगाउँमा आयोजित रक्तदानमा ३७ युनिट रगत संकलन भएको सचिव रत्तबहादुर महतले जानकारी दिए।

कार्यक्रम उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका सदस्य तोरण बानियाँले सहकारीले सामाजिक उतरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम गरी प्रशंसनीय कार्य गरेको बताए।

यसअघि सस्ंथाले फागुन १८ गते टोल सरसफाइ कार्यक्रम गरेको थियो ।

फागुन २४ गते अन्तराष्ट्रिय महिला दिवस अवसरमा कानूनी सचेतना र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने संस्थाका उपाध्यक्ष भीमकुमारी थापाले बताइन्।

सो कार्यक्रममा कानूनी सचेतना सम्बन्धमा भगवती पहाडी र यौन तथा प्रजनन् स्वास्थ्य विषयमा थ्री एञ्जल्स नेपालका अध्यक्ष शारदा गौतमले सहजीकरण गर्ने अध्यक्ष गंगाबहादुर खड्काले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै