मेलम्ची, १६ फागुन । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ को इसिङ आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण गिरी सोही वडाको बागेश्वरी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बनेका छन् ।
गाउँपालिकाको शिक्षा ऐनको दफा २३ को उपदफा ग मा कुनै पनि विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य सरकारी कर्मचारी विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुन नपाउने भन्ने छ । गत मङ्सिर ३ गते सर्वसम्मतिले गिरीलाई सशर्त अध्यक्ष बनाइएको स्रोतव्यक्ति भरत नेपाल बताउछन् । “व्यावहारिक कुरालाई ध्यानमा राखेर तीन महीनाभित्र प्रधानाध्यापकबाट राजीनामा दिने शर्तमा अध्यक्ष बनाइएको हो”, स्रोतव्यक्ति नेपालले भने ।
प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायण गिरीले चैतमा राजीनामा दिने बताए । गाउँपालिका शिक्षा शाखाका संयोजक खेतनाथ घिमिरेले कानूनविपरीतको काम भएको स्वीकार गर्दै अबका केही दिनमा राजीनामा नदिए पद कायम नराखिने जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेविसंघ केन्द्रीय प्रवक्ताको जिम्मेवारी जुम्लाका सुरज सेजुवाललाई
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१