सोलुखुम्बु, १४ फागुन । खुम्बु पासाङल्हामु गाउँपालिकाबाट करीब एक सातादेखि बेपता बालबालिकाको अवस्था अझै अज्ञात छ । उक्त गाउँपालिका–४ खुम्जुङ बस्ने ११ वर्षीया ङिमाडोमा शेर्पा र सात वर्षीय कुङ्गादोर्जी शेर्पा यही फागुन ६ गतेदेखि बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
नाम्चेको एक विद्यालयमा रहेको होस्टलमा बसेर पढ्दै आएका उनीहरुलाई आफ्नै आमा मिङ्मायाङ्जी शेर्पाले सोहीदिन बिहान ७ः३० बजे जिम्मा लिएर घरतर्फ लागे पनि त्यहाँ नपुगेपछि खोजी गर्दा सोही दिन दिउँसो १ः३० बजे थियो। आमाको शव जोरसल्लेस्थित दूधकोशी नदीको किनारमा फेला परेको र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको खोजी जारी राखेका छाै । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माका अनुसार आजसम्म उनीहरुको अवस्था अज्ञात छ, सबैले खोजीमा सहयोग आवश्यक भएको बताए । प्रहरीका अनुसार मृतक महिलाको शव परीक्षणका लागि काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको छ ।
मृतकका छोराछोरीको चप्पल र कपडासमेत दूधकोशी नदी किनारमा भेटिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए । प्रहरीले आसपासका क्षेत्रमा खोजीलाई तीव्रता दिनुका साथै उक्त नदी बहने छिमेकी जिल्ला ओखलढुङ्गा, खोटाङ र उदययपुरका प्रहरी एकाइलाई समेत खोजिका लागि आग्रह गरिएको जानकारी दिएको छ ।
आमाको शव नदी किनारमा भेटिएको र छोराछोरीको कपडासमेत फेला परेकाले उनीहरूसँगै खोलामा हाम फालेको हुनसक्ने प्रहरीको अनुमान छ । बेपत्ता ङिमाडोमा र कुङ्गादोर्जी सोही गाउँपालिकाको–७ मा रहेको हिमालयन आधारभूत विद्यालयको होस्टलमा बस्दै आएका थिए ।
Related News
सम्बन्धित समाचार
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
४ दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र अवतरण
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१