प्रकृतिको कला प्रदर्शनी   

एजेन्सी
फागुन १४, २०७५
art photo 13_Fotor

पोखरा, १३ फागुन। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्ने माछापुच्छ्रे गाउँपालिका अन्तर्गत पोथना, ठूलाखर्क र धम्पुसमा क्षेत्रमा संरक्षण चित्रकला यात्रा–२०७५ मा सिर्जना गरिएका संरक्षण चित्रकला प्रदर्शनी गरिएको छ ।

पोखरा आर्ट ग्यालेरीमा सोमबार सो प्रदर्शनीको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेका थिए ।

मन्त्री लम्सालले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले संरक्षण चेतना विस्तारका लागि विभिन्न कार्यक्रममध्ये संरक्षण चित्रकलाले वातावरण र प्रकृतिक सम्पदा संरक्षणमा सहयोग पुर्याउने बताए। गण्डकी प्रदेश प्रकृति र संस्कृतिले धनी प्रदेश भएकोले कला र संस्कृतिको एक पृथक संग्रहालय बनाउन आवश्यक भएको भन्त्री लम्सालको भनाइ थियो।

उक्त अवसरमा संरक्षण चित्रकला यात्राको आरम्भ २०४९ देखि नै कलाको माध्यमबाट योगदान पुर्याउँदै नयाँ पिढीलाई समेत पे्ररणा प्रदान गरे वापत वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायान’ लाई सम्मानित गरिएको थियो।

चित्रकला अन्तराष्ट्रिय भाषा भएका कारण प्रकृतिको महिमा चित्रका माध्यमबाट भाषा संसारभरकै मानिसलाई सजिलै बुझाउन र आदानप्रदान गर्न सकिने भएकोले चित्रकलाप्रति आकर्षण बढेको बरालले बताए।

प्रदर्शनीमा कलाकार दुर्गा बराल, गोपाल श्रेष्ठ, आलोक गुरुङ, रमेश श्रेष्ठ, जीवन राजोपाध्याय, भीम शर्मा, सुन्दर लामा, रिक गुरुङ, मनोज तामाङ, विश्व केसी, थमनसिंह सुनार, गोपाल दराई, महादेव शाही, देवेेन्द्र गुरुङ, ज्योति गुरुङ, एलीता गुरुङ, आकाश गुरुङ, सुमन गुरुङ, सुशान्त थापा मगर र विजय गुरुङका ३२ थान चित्र प्रदर्शन गरिएका छन्।

Related News

सम्बन्धित समाचार

  • अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । जीवन र जगत्को यथार्थबोधका लागि अक्षरयात्रा भन्ने उद्घोषका साथ वि.सं. २०६२ साल असारदेखि निरन्तर सञ्चालन गर्दै आएको पर्यटकीय…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…

hero news full width