सामान्यतया, शरीरमा छिटो र छोटो समयमा पच्ने तथा भोजन पच्नको लागि शरीरले ज्यादा ऊर्जा खपत गर्नु नपर्ने भोजन शाकाहारी भोजनको दायरामा पर्छ । एक हिसाबले छोटो समयमा पच्ने भोजनले शरीरमा ऊर्जा संचालन र रक्त संचारलाई सन्तुलित अवस्थामा राखेको हुन्छ। जब यो रक्त र ऊर्जा संचालनमा समस्या आउछ तब रोगको उत्पति हुन थाल्छ। वास्तवमा संसारमा ८० प्रतिशत रोग पेटको समस्याबाट सुरु हुन्छ, जुनको प्रमुख कारण व्यक्तिको खानपान तथा जीवनशैलीसंग जोडिएको हुन्छ। आजभोलिका मानिसहरु स्वादको पछाडि लागेर, आफुले खाने र नखाने कुराहरु छुट्याउन नसक्ने अवस्थामा पुगेका छन्।
मानिस स्वभावतः शाकाहारी प्राणी हो। मांसाहारी प्राणीमा हुने क्षमता जस्तै रातिमा देख्न सक्ने, मांसाहार सेवन गर्न चाहिने तिखो नंग्रा, तिखो दाँत इत्यादी कुरा मानिसमा पाइँदैन। यति मात्रै कहाँ हो र, मानिसको स्वरूपसंग मिल्दोजुल्दो प्राणीहरु जस्तै चिम्पान्जी, गोरिल्ला आदि शाकाहारी नै हुन्। केही वैज्ञानिक दाबी गर्छन, मानिस यिनै प्राणीहरुको विकशित रुप हो। जब हाम्रा पुराना पुस्ता नै शाकाहारी थिए भने हामी कसरी मांसाहारी भयौ ?
दोस्रो कुरा मानिसले खाएको भोजनले शाररिक मात्र नभई मानसिक स्वास्थ समेत बनाउन मद्त गर्दछ। जब आहार नै शरीर विज्ञान विपरीत छ भने शाररिक स्वास्थको त कुरै छाँडौ मानसिक स्वास्थ समेत बिग्रिन्छ। विश्व स्वास्थ संगठनले शारीरिक र मानसिक दुवै रूपमा स्वस्थ मानिसलाई मात्रै स्वस्थ व्यक्ति भनेको छ। एउटा पुरानो कथन छ नि, जस्तो खाईन्छ पानी उस्तै हुन्छ बानी, जब आहार नै हिंस्रक तरीकाले उत्पादन गरेको अपथ्य बस्तु खाएर सुरु गरिन्छ भने व्यवहारमा पनि सामान्य कुराहरुमा पनि छिटै हतोत्साही हुने, काम गर्दा आस्थिर हुने, छिटै रिसाउने, आक्रामक हुने जस्ता कुरा देखिनु सामान्य हो। यसो भन्दै गर्दा सबै मांसाहार गर्ने व्यक्ति यस्तै हुन्छन चाहिँ भन्न मिल्दैन तर यी कुराहरु मानिसको दिमाग भित्र सुषुप्त अवस्था मा भने रहेको हुन सक्छ, जो कोही व्यक्तिले ज्ञान, अनुभव र चेतना को माध्यमबाट आफुमाथि विजय प्राप्तगरी नियन्त्रण गर्दछन्। समय र अवस्था मिलेमा शाकाहारी प्राणी पनि हिंस्रक बन्दैनन् भन्न सकिँदैन तर पनि रबरको तन्किने अन्तिम अवस्था भने जस्तै हिंस्रक व्यवहार नियन्त्रण गर्ने क्षमता शाकाहारी प्राणीमा बढी देखिन्छ भने मांसाहारीमा धेरै नै कम।
संसारमा अपराध, अत्याचार, अन्याय प्राय बेहोशीको अवस्थामा नै भएको हुन्छ। मदिरा र मांसाहार संगै आउने चलन छ जुन शास्त्रले पूर्ण रुपमा वर्जित गरेको छ। कल्की अवतार भगवानलाई बस्न दिएको विभिन्न स्थान मध्ये मदिरा पनि एक हो, जसको सेवनले मानिसलाई केही समयको लागि पूर्ण रुपमा अन्धो बनाइदिन्छ।यस्तो पदार्थ माथि मांसाहारको सेवनले मानिसलाई बेचैन बनाइदिने, छिन छिनमा एक्लोपन को आभास दिलाइदिने, आवश्यकता भन्दा ज्यादा भावुक बनाइदिने निश्चित छ। अझ त्यही माथि उक्त मांसाहार तयार पार्न कुनै प्राणीको हत्या गर्नुपर्ने र यसरी हत्या गर्दा त्यो पशुलाई भएको पीडा पनि मांसाहारसंगै मानिसमा प्रवेश गर्ने हुँदा मानिस पनि चिडचिडापनको शिकार हुने,पशुको जस्तै जडताउन्मुख मन बनाउने नहोला भन्न सकिन्न।
एक थरीका जमात फेरि मांसाहारलाई पशुवली संग जोड्ने गर्दछन् र भन्छन् जब भगवानले पशुवली स्वीकार गर्दछन् भने हामी किन अफसोस मान्ने? तर यथार्थमा कुनै पनि शास्त्र,पुराण,कुरान, बाइबल कतै पनि पशुवली र मांसाहारलाई स्वीकार गरेको पाइँदैन। फेरि मानिसले कहाँबाट यो परम्पराको सुरुवात गर्यो त भन्ने कुरा महत्वपूर्ण छ। यस्तो परम्पराको आविष्कार श्राद्धमा पण्डितले बिरालो बाँधे जसरी सुरुवात भएको हुन सक्छ। शास्त्रमा भने जस्तो मानिस ८४ लाख जन्म पार गरेर आएको हो र सायद पूर्व जन्ममा त्यो पशुले मानिसलाई खाएको हुनुपर्छ जसको बदला स्वरूप यो जन्ममा पनि मानिसले पशुलाई खाएको हुनुपर्छ। यसरी समयमा नै यो भेदको बारेमा ज्ञात नभए, बदलाको भावना स्वरूप चलेको यो चक्र अनन्त काल सम्म चल्ने र मानिस यसैमा फस्ने निश्चित छ।
विश्वमा भोकमरी र शुद्ध पानीको सहज उपलब्ध नहुनुमा मांसाहार भोजन पनि एक कारण हो। एउटा पशुलाई धेरै समय लगाएर अन्न, पानी खुवाएर ठूलो बनाई मासु बनाईन्छ र उक्त पशुलाई ठूलो बनाउने बेलासम्म मानवको लागि प्रयोग गरिने धेरै अन्न र पानीको बर्बाद भएको हुन्छ जसको परिणाम स्वरूप मानिसको आहार कमी भएर कुपोषणको शिकार हुन्छन्। यस्तो हुनुमा मानिसले प्रकृतिसँग को आफनो तालमेल मिलाउन नसकेको प्रष्ट देखिन्छ ।
केही बौद्धिक जमात आफनो धारणा अगाडि सार्दै फेरी भन्छन्, यी पशुहरुको हत्या नभए त सारा पृथ्वी पशुले भरिन्छ अनि मानिस कहाँ बस्ने ? के साच्चै नै हत्या नगरेकै कारण सारा पृथ्वी पशुले भरिएर मानिसलाई बस्ने ठाउँ समेत नहोला त ? हामी सबै ले जानेकै हौँला, माग र आपूर्तिको सिद्धान्त, जुन बस्तुको माग कम हुन्छ, त्यसको आपूर्ति पनि बिस्तारै कम हुदै जान्छ। वास्तवमा यी पशुहरु विज्ञान र प्रविधिको सहारा लिएर क्लोनिंग तथा छिटो विकास हुने औषधि खुवाई विकास गरिएका हुन्छन ताकि उक्त पशुको मासु वितरण गर्न सकियोस् र छिटो र छोटो समयमा धेरै आम्दानी गर्न सकियोस्। के साच्चै नै यस्ता छिटो विकास हुने औषधि प्रयोग गरिएका पशुको मासु खाएर मानिसको शाररिक तथा मानसिक स्वास्थ बन्छ त ? यदि बन्छ भने त्यस्तो स्वास्थमा पशु विकार नआउला भनेर कसरी भन्ने?
आमाले आफनो शिशुलाई दूध खुवाउँछिन् किनभने उक्त दूध आमाको छातीमा प्रेमले भरिएर आएको हुन्छ।खासगरी त्यो दूधमा पनि आमाको रगत नै हुन्छ, जुन आमाको प्रेमको कारण रगतको स्वरूपलाई परिवर्तन गर्दै दूध हुदै बगेर आउँछ। के बलजफती हत्या गरी आएको रगत र त्यसबाट तयार भएको मासुले मानिसको पेट भित्र प्रवेश गर्दा स्वस्थ बनाउला कि रोगी ? यसरी आएको मांसाहार खानाले मानिस मा पशुचरित्र किन नल्याउने ? अतन्तः मानिस पनि पशु जस्तै खाने,बस्ने र सन्तान उत्पादन गर्ने मात्रै भएका छन्।
मानिस र पशुमा धेरै अन्तर छ र मानिसले पशुको जस्तो व्यवहार गर्नु हुदैन भनेर सानै देखि बालबच्चाहरुलाई सिकाईन्छ तर खाने बेलामा त्यही पशुको मासु खुवाईन्छ, अब के ती बालबच्चाहरुमा पशुको जस्तो व्यवहार नआउला त ? जब यसरी हुकेर्को पुस्ता ठूलो भएर स्वार्थ रहित र निष्पक्ष भएर विशुद्ध मानव सेवामा लाग्छ भन्ने ग्यारेन्टी दिन सकिन्छ र ? यदि सकिन्छ भने पनि मपाई को भावना नआउला भन्न सकिदैन। कवि शिरमोणि लेखनाथ पौडेलले भने जस्तै , म खाँऊ,मैँ लाँऊ, सुख सयल वा मोज म गरुँ, म हाँसु, मैँ बाँचू, अरु सब मरुन् दुर्बलहरू भन्ने भावनाको विकास हुन्छ। यस्तो भावनाले मानव जाति को व्यक्तिगत रुपमा विकास त गर्ला तर त्यो मानवमा मानवीयता रहदैन, त्यो त एक मानवद्वारा निर्मित स्वचालित यन्त्र जस्तो हुन्छ जसले कुनै पनि मानिसको संवेदना, भावना, प्रेम, विचार तथा धारणालाई बुझन सक्दैन। जब यस्ता व्यक्तिको संसारमा उत्पादन हुन्छ भने यस धर्तीको सुन्दरता के नै पो रहन्छ र ? यस्ता संवेदनाहीन गुडियाहरुसंग समय बिताएर के मानिस साच्चै नै सफल, सन्तुष्ट र स्वस्थ रहन सक्छ त ? मानिसलाई मानिस हुनुको महत्व देखाईदिने मानिसले नै हो। जब यस्ता स्वार्थी मानिसको विकाश हुन्छ त यस लोकमा मानिसको त के कुरा गर्ने परमात्माको पनि अस्तित्व रहदैन।
(लेखक पोखरा विश्वविद्यालयका उपप्राध्यापक हुन्।सं.)
Related News
सम्बन्धित समाचार
कास्की कांग्रेसको शिखर पुरूषको अवसान
जून ओर्लेको रात र त्यसको आलोक
नयाँ बिहानी: आदर्श समाजको २९ औं वर्ष
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका ४ वर्ष र आगामी कार्यदिशा
राणा कालमै हलो जोत्ने क्रान्तिकारी पं. मुक्तिनाथ
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१