पोखरा, २९ माघ। सल्युट गोर्खा ट्रेनिङ सेन्टर प्रालिले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ति हुन सफल युवा र तिनका अभिभावकलाई बधाई तथा सम्मान गरेको छ।
सल्युट गोर्खाबाट यस वर्ष २९ जना फाइनल पुगेकोमा ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा १८ जना भर्ति हुन सफल भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रहरी प्रमुख ओमबहादुर रानाले भर्ति हुन सफल युवालाई बधाई दिँदै भर्ति प्रकृया निःशुल्क, निष्पक्ष र पारदर्शिता रहने बताए। उनले अरुको बहकाउमा नलागी आफ्नो क्षमता भएमा अवश्य सफल भइने विश्वास व्यक्त गरे।
केन्द्रका प्रबन्ध निदेर्शक राहुल पाण्डेले वीर गोर्खालीको गरिमामय इतिहास जोगाइराख्ने उद्देश्यले सन् २००९ मा सेन्टर स्थापना गरिएको बताए।
उनले फौजी हुनका लागि सोही अनुसारको शिक्षा, शारीरिक तालिम, काउन्सेलिङ, मोटिभेसनल कक्षा सञ्चालन गर्ने जनाए। उनले ब्रिटिस आर्मी सिंगापुर पुलिस, इण्डियन आर्मी लागायत अन्य गोर्खा सैनिकमा भर्ति हुने सुनौलो अवसरबाट कोही पनि बञ्चित नहुन भन्नका लागि विभिन्न माध्यमबाट जानकारी दिने गरेको बताए ।
काठमाडौं, बुटबल र दाङमा शाखा रहेको सो केन्द्रले स्थापनाकालदेखि नै नेपालबाट दक्ष र इमान्दार युवा जनशक्ति उत्पादन गरी ब्रिटिस आर्मी, सिंगापुर पुलिस, इन्डियन आर्मी नेपाल आर्मी लगायतका विभिन्न देशमा करिव ५ सय जना हाराहारीमा गोर्खा सैनिक भर्ति गराउन सफल हुँदैआएको छ ।
कार्यक्रममा मुख्य तालिम प्रशिक्षक अमृत गुरुङ, अभिभावक विपीन पालुङगे लगायत बोलेका थिए भने । कार्यक्रममा स्वागत तालिम केन्द्रका काठमाडौं शाखा प्रमुख रमेश पाण्डेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१